2026-10-15 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

चैत्र ८, सुर्खेत | यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । 

नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी दिनुभयो । “दश जिल्लामा १६९ केन्द्र छन्”, निर्देशक ढकालले भन्नुभयो, “केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी गरी दुई हजार ९७८ जनशक्ति परिचालन गरिनेछ ।” 

त्यसैगरी, प्रत्येक केन्द्रमा १५ जना पुग्ने गरी १६९ परीक्षा केन्द्रमा दुई हजार ७० सुरक्षाकर्मीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार साविकका कर्णालीका जिल्लामा देखिएको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सम्बन्धित जिल्लाका प्रजिअ तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षले सुरक्षाकर्मीको व्यवस्था गर्नेछन् । 

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका उपसचिव विष्णुप्रसाद गोतामेले एसइई परीक्षा तयारी र व्यवस्थापनका लागि पहिलोपटक कर्णाली प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्न थालेको बताउनुभयो । “हामीले यो परीक्षाका लागि चार लाख १३ हजार २७१ उत्तरपुस्तिका आफैँले छापेका छौँ”, उपसचिव गोतामेले भन्नुभयो, “प्रदेशबाट परीक्षाको व्यवस्थापन भए पनि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट दुई लाख ८९ हजार २८९ प्रश्नपत्र यहाँ पठाइएको र प्रश्नपत्र १० वटै जिल्लामा पुगिसकेका छन् ।” 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले साउनमा हुने एसइई ग्रेडवृद्धि परीक्षासमेतका लागि भनेर रु दुई करोड ८६ लाख पाँच हजार बजेट विनियोजन गरेको उहाँको भनाइ छ । चैत १० देखि २१ गतेसम्म हुने परीक्षाका लागि सबै तयारी पूरा भएको एसइई परीक्षा २०७५, तयारी तथा व्यवस्थापन समन्वय समिति कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन