१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ठूलो दुर्घटना हुनबाट जोगियो बस

१८ चैत्र २०७२, बिहीबार १०:३७
File Photo

File Photo

पर्वत, जिल्लाको शिवालय चोकमा रोकेर राखेको बस अचाक गुड्न थालेपछि शिवालयचोकमा केहिबेर तनाब भयोे । ध १ ख ९६ को बस अचानक गुड्न थालेपछि गाडीमा रहेका यात्रुहरु गाडीबाट हाम फाल्दा केहि यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। घाइते हुनेमा तिलाहार ३ का २९ बर्षिया रञ्जिना महतको , नीजको छोरा ६ को अनुभव महत र  कुनपा १० का १० बर्षे आलोक गुरुङ रहेका छन् ।उनीहरुको जिल्ला स्वास्थ्य कार्यालयमा उपचारपछि घर फर्किएका छन् ।

विहान बसको इन्जीन चालु गरेर रोकी राखी चालक चिया पसलमा चिया पिउन गएपछि गाडी एकाएक आफै चलेको थियो । बस एकाएक गुडेपछि यात्र्ुहरुमा क्रास फैलिएको थियो । गाडी झण्डै १ सय मिटरको दुरीमा गएपछि नालीमा पसेको थियो । बस र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

जिम्मेवार को ?
जिल्लाको सवैभन्दा बढी चहलपहल हुने र भीडभाड हुने ठाउँ हो शिवालयचोक , त्यसमाथि पनि जिल्लाबाट विभिन्न ठाउँका लागि छुट्ने सावारी साधनको पार्किङ स्थल होस् वा रोक्ने र यात्रु चढाउने ठाउँ हो शिवालय चोक । अति भीडभाड हुने शिवालयचोकमा सवारी साधनको इन्जीन संचालन गरेर चिया पसलमा चिया कफमा भुल्ने चालकका लापरवाहीका कारण धन्नै दर्जनौ यात्रुहरुको ज्यान गएन ।

न्युट्रोल अबस्थामा गाडीको इन्जीन चलाएर राखेर चालक चिया गफमा मस्त हुदाँ झण्डै जिल्लामा ठ्रूलो दुरघर्टना हुन बाट रोकियो । बस सिधा चलेको भए मोदी नदीमा गएर गाडी मिसीने पक्कापक्कीनै थियो तर अचानक गाडी आफै मोडिएका कारण नालीमा पुग्यो र ठूलो दुर्घटना हुनबाट बच्यो । जिल्लाभित्रै चल्ने उक्त गाडीमा कम्तीमा तीस यात्रु गन्तव्यका लागि चढेका थिए । सवारी साधनको इन्जीन चालु राखेर चिया गफमा लाग्नु चालकको गल्ती हो ।

सवारी साधन रोकेर रोखेको बेलामा वा पाकिङमा राख्दा इन्जीन बन्द गर्नुपर्छ र आवश्यक परेको बेलामा मात्रै चलाउनु पर्ने थियो तर चालकका लापरवाहीका कारण धन्न ठूलो दुर्घटना हुन पाएन । सवारी साधन पार्किङमा राख्दा इन्जीन बन्द गरेर राख्नु पर्छ वा  सवारी साधन ओलारो ठाउँमा भए पाङ्ग्रामा ओट वा कुनै बस्तु राख्नुपर्छ जसका कारण सवारी साधन अचानक अगाडी बढ्न पाउँदैनन । तर त्यहाँ त्यसो हुन पनि सकेन । ट्राफिक प्रहरीले ट्राफिक सचेतना जगाएता पनि सोही अनुसारको काम भने नभएको पनि यस घटनाले पुष्टि गर्यो एकाएक बस हिड्नु कुनै संयोग पनि हैन । सानो कुरामा ध्यान नदिदाँ ठूलो दुर्घटना हुन बाटा जोएिता पनि यस्ता साना कुराले गर्दा ठूलो क्षती हुनेगर्छ यसतर्फ चालक सचेत र सजग रहनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली