१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाडापाडी संरक्षणको नाउँमा सांसद बिकास लम्सालको लुट

१९ चैत्र २०७२, शुक्रबार ०४:१८

                       f55929a8-4d1c-4893-b2c7-312905765e2aगणेश पौडेल, पर्वत, । कलिला भैसीका पाडा जोगाउने भन्दै जिल्लाको खानीगाउँमा शुरु गरेको पाडापाडी संरक्षण केन्द्र रकम लाने र ब्रम्हलुट मच्चाउने माध्यममात्रै बनेको छ । क्षेत्र नं. २ का सांसद विकास लम्सालले लोकप्रियता हाँसिल गर्ने नाउँमा शुरु गरेको कलिला पाडापाडी संरक्षण अभियान पाडा पाडी यातना केन्द्र जस्तै बनेको छ ।

पाडापाडी हुर्काउने नाउँमा विभिन्न निकायबाट रकम ल्याएर व्यक्तिको पेटमा जान थालेपछि पाडापाडी भने ल्याउने र मार्ने थलो मात्रै बनेको छ । सांसद लम्सालले चुनावमा लागेको खर्च तिर्नका लागि विभिन्न ठाउँमा यहि फर्म देखाएर रकम बुझ्ने तर पाडापाडी भने मरेरै सकिने गरेपछि शुरुमा हौसिएर शेयर लगानी गरेका सदस्यहरु समेत निस्कन थालेकाछन् ।
जन्मने बित्तिकै पाडापाडी काट्ने चलन नरोकिएको भन्दै स्थानीय जातका लिमी र पारकोटे जातका पाडा पाडी हुर्काउन जिल्ला पशुसेवा कार्यालय, कृषि मन्त्रालय तथा सांसद विकास कोषको रकमबाट सो केन्द्र संचालन गरिएको थियो । सो केन्द्रमा सांसद लम्सालका साथै उनका दाजु ध्रुब लम्साल लगायत स्थानीय २५ जना व्यक्तिहरुबाट समेत केही रकम लगानी गरेर शुरु गरिएको भएपनि बाहिरबाट गएको रकम कहाँ गयो कसैलाई थाहा नभएको सदस्यहरु बताउँछन् ।
सांसद लम्सालको प्रत्यक्ष संलग्नतामा जिल्ला पशुसेवा कार्यालयबाट १ लाख ५० हजार, सांसद क्षेत्र विकास कोषबाट गत वर्षको ४ लाख, ५ लाख तथा समूहबाट ६ लाख २५ हजार गरि करिब २० लाख रुपीयाँ खर्च गरिएको देखाईएपनि सो लागत अनुसारको खर्च नभएको भन्दै समूहमा रहेका सदस्यहरुले समेत छाडि सकेका छन् । साथै यस वर्षपनि पशु पंक्षि विकास मन्त्रालयबाट १० लाख र सांसद विकास कोषबाट समेत ५ लाख लगानी गर्ने तयारी गरेकाछन् । सांसद विकास कोषको एक मुष्ठ २० लाख मध्ये ५ लाख रुपैया लगानी गर्ने तयारी भएको हो । 20998_1592126481075443_2236584514967926220_nलाखौंको लागतमा केन्द्र संचालन भएको भएपनि त्यसबाट कुनै उपलब्धी हुन नसकेको स्थानीयवासीहरु बताउँछन् । पाडापाडी संरक्षण भन्दै रकम ल्याउने र सोही रकममा सांसद रमाउने बाहेक केही उपलब्धी नभएको उनीहरुको तर्क छ ।

पाडापाडी हुर्काउन तथा स्थानीय भैसीको संरक्षण गर्ने भन्दै जिल्ला पशुसेवा कार्यालयले समूहमार्फत लगानी गरेको भएपनि त्यसको राम्रो नतिजा नआएको बताएको छ । सो केन्द्रमा रहेका पाडापाडीलाई समय अनुसार उचित पोषण तथा दुध खुवाउन नसकेको, नियमित हेरचाह नगरेको तथा चिसोका कारण पाडापाडी ल्याएर राखेको केही दिनमा मर्ने गरेको कार्यालयले जनाएको छ ।
नियमित रुपमा हेरचाह नगर्दा ६ वटा पाडा मरिसकेका र बाँचेका पनि राम्रो नभएको कार्यालयका बरिष्ठ पशु चिकित्सक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । राम्रो स्याहार नहुँदा सोचे अनुरुप नभएको उहाँको तर्क छ । सांसद लम्सालले त्यहि फर्म देखाएर मन्त्रालयबाट समेत मोटो रकम हातपार्ने दाउमा बसेको भएपनि सफल हुन सकेका छैनन् ।

अहिले पनि कार्यालयले प्राबिधिक सरसल्लाह, जुकाको औषधी र पोषिलो घाँसको बीउहरु उपल्बध गराउदै आएको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ । कार्यलयले पछील्लो समयमा भैँसीको मुल्य आकाशीन थाले पछी पाडापाडी हुर्काउने र थारो भैसीँलाई उत्पादनशील बनाउने किसान लाई अनुदान दिन थालेको हो । केहि समय अगाडी मोटरबाटोको रुट परिबर्तनको बिषयमा बिबाद आएका लम्सालको यो अर्को बिषय आएपछि यसै बिषयमा कुरा गर्न सुचना केन्द्र डटकमले सांसद लम्साललाई फोन गर्दा उहाँको फोन उठ्न सकेन ।सूचनाकेन्द्रमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली