१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपाङ्गता सम्बन्धी समन्वय बैठक तथा छलफल कार्यक्रम सम्पन्न ।

१९ चैत्र २०७२, शुक्रबार ०८:००
कुश्मा, पर्वत ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा र अपाङ्गता परिचय पत्रमा पहुँच सम्बन्धी समन्वय बैठक तथा छलफल कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । आइएनएफ कास्कीको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पर्वतको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा ‘‘अपाङ्गता एका बालबालिकाको शैक्षिक सवाल र सरोकारवालाको भूमिका’’ विषयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा जिल्ला सञ्जाल संयोजक राजेन्द्र पहाडीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अपाङ्गता परिचयपत्रका सम्बन्धमा आइएनएफ पोखराका कार्यक्रम अधिकृत सूर्य कुँवरले जानकारी गराउनुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै जिल्ला संयोजक राजेन्द्र पहाडीले अपाङ्गता भएका बालबालिकाको शिक्षा पाउने अधिकारलाई कसैले पनि बहानाबाजी गरेर उलङ्घन गर्न नहुने कुरामा जोड दिनुभयो । उहाँले तल्लो तहदेखि नै अपाङ्गता भएका बालबालिकाहरुका प्रति सकारात्मक धारणाको विकास गर्न सचेतीकरण अभियान सञ्चालन गर्न सबै सरोकारवालाका बीचमा समन्वय हुनुपर्ने खाँचो औंल्याउनुभयो । अर्का प्रस्तोता सूर्य कुँवरले सबै सरोकारवालाहरुका बीचमा एकताबद्ध प्रयास र साझा बुझाइमा आधारित भएर काम गर्ने हो भने अपाङ्गता भएका व्यक्तिलाई सहजै समाजले आत्मसाथ गर्न सक्ने वातावरण निर्माण हुन सक्ने कुरा बताउनुभयो । पर्वत जिल्लामा अपाङ्गताको क्षेत्रमा हुने गतिविधिहरुमा आइएनएफ सहयोग गर्न तयार रहेको समेत उहाँले जानकारी दिनुभयो ।
प्रस्तुत कार्यपत्रमाथि जिल्ला विकास समिति पर्वतका सामाजिक विकास अधिकृत लिलाधर सुवेदी, महिला तथा बालबालिका कार्यालयका प्रमुख सत्यदेवी अधिकारी, गैसस महासंघका सचिव शिवप्रसाद शर्मा, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्रीलगायत विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष गणेश सुवेदीको अध्यक्षता तथा उपसचिव हरीदत्त शर्माले स्वागत मन्तव्य राख्नुभएको छलफल कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक जगन्नाथ शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली