2026-09-13 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किशोरीलाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवक रत्नपार्कबाट पक्राउ

चैत १२, काभ्रेपलाञ्चोक | तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभे्रपलाञ्चोकको विभिन्न स्थानमा बस्दै आएका थिए । गत शनिबार राति १ बजे ती किशोरीलाई फोन गरी भेट्न बोलाएर जबरर्जस्ती गर्दा स्थानीयवासीले थाहा पाएपछि परियार भागेको पीडित परिवारद्वारा गत आइतबार काभे्रपलाञ्चोक प्रहरीमा दर्ता किटानी जाहेरीमा उल्लेख गरिएको छ । पक्राउ परेका युवकको सोमबारै म्याद थप गरी घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

मङ्गलबारनै पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । मुलुकी संहितामा आरोपितलाई जबरर्जस्ती करणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । 

काभे्रपलाञ्चोक प्रहरीले यही चैत ३ गते मण्डनदेउपुर नगरपालिका–७ कोदारीटोलकी एक १४ वर्षकी किशोरीको सामूहिक बलात्कारमा संलग्न चारजना युवकलाई पनि पक्राउ गरी जबरर्जस्ती करणी कसुरमा मुद्दा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले