एकै परिवारका चार सन्तान जसको कम्मरमुनीको अंग चल्दैन

साझासवाल
7 Min Read

चिसाङ शेर्पा | चैत्र १४, खोटाङ | पुर्वपट्टी बन्दै गरेको भुकम्पवाला घर, नजिकै धारा, पश्चिममा गाईगोठ अनि चर्पी, घरमुनी पलाउदै गरेका मकैका टुसा, करेलाका मुना, माथितिर भिरालो पाखो, दुईतले घर, अगाडीपट्टी बरण्डा, बरण्डाको तलमाथि २/२ वटा कोठा । दुबैतिरको कोठाको विचमा बस्ने फलैचा, आँगनको डिलमा ढुंगाको गारो, त्यही बरण्डाको विचमा रहेको फलैचा र आँगन डिलको ढुंगाको गारोमा थचक्क बसिरहेका मान्छे । यो दृश्य खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको रामपुर डाँडाटोलका वीर बहादुर विश्वकर्मा र श्रीमती लक्ष्मी माया विश्वकर्माको घरको हो ।

जुन घरमा सबैभन्दा ठूलो बज्रपात परिरहेको छ । एक हैन, दुई हैन, चारजना छोराछोरी कम्मरमुनीको अंग नचल्ने भएर थला बस्न लागेको छ । हामी पुग्दा घरकी माईली छोरी ३० वर्षीय कोपिला विश्वकर्मा त्यही आँगनको डिलमा मैलो कपडा लगाएर असहज तवरले वसिरहेकी थिईन् । जन्तरी २२ वर्षीय अनिशा विश्वकर्मा भित्तामा अडेस लागेर हामीलाई हेर्दै थिईन् । सिकुवाको फलैचामा लखन्तरी २० वर्षीय मनिशा विश्वकर्मा आगोले पोलेको घाउ सफा गर्दै थिईन् । कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्मा सकीनसकि विद्धालयबाट आएर बरण्डाको माथिल्लो तलामा बसेर हामीलाई नियाल्दै थिए । कम्मरमुनीको भाग नचलेर हिड्ने क्रममा अभर पर्दा मनिशाको भने, बल गरेर चलाएको खुट्टाले अगेनामा दाउरासहित पानीको भाडालाई उचाल्दा गोलीगाँठोमा तातो पानीले पोलेको हो । उनी त्यही घाउ कोट्याउदै, मुख बिगार्दै सफा गरिरहेकी थिईन् ।

माथिको तश्वीरमा: कम्मरमुनीको भाग नचल्ने रोगबाट पीडित कोपिला र अनिशा विश्वकर्मा । तस्विर: चिसाङ शेर्पा

बुढी आमा सिकुवाको ओखलमा कोदो निफोन्दै थिईन् । बुढो बुबा आरी, बसिलाको सहायतामा बन्दै गरेको भुकम्पको घरको लागि आँगनमै काठ बनाउदै थिए । हाम्रो टोली देखेर बुबा वीर बहादुरले काम छोडे । आमाले भने, निरन्तरता दिई रहनुभयो । त्यहाँ पुग्दा वातावरणमा अलिकती सन्नाटा छायो । हामीले परिचय दिएपछि बेलिवस्तिार सुरु भयो । जुन सुन्दा हामीनै अवाक भयौं ।

जम्मा १३ जना छोराछोरी जन्माएका विश्वकर्मा परिवारमा चारजना छोराछोरीको मृत्यु भईसकेको छ । साईली शर्मिला विश्वकर्मा २२ वर्षमा सुगरका कारण र काईली उषा विश्वकर्माको गत वर्षको माघ १३ गते २५ वर्षको उमेरमा कम्मरमुनीको अंग नचल्ने रोगका कारण मृत्यु भएको हो । अब त्यस परिवारमा पाँच जना छोरी र चारजना छोरा छन् । पाँच छोरीमा जेठी छोरी संगीता र कान्छी छोरी अस्मिता तथा छोराहरु जेठा राजेन्द्र, माइला ईन्द्र कुमार र साईला कृष्ण विश्वकर्मालाई सो रोग छैन । संगीता विवाह गरेर गइसकेकी छन् । कान्छी पढ्दै छिन् । आर्थिक अवस्था नाजुक भएको सो परिवारमा यस्तो समस्या माईली छोरी कोपिलाबाट सुरुवात भएको हो । हिड्ने क्रममा खुट्टा लर्खरिने, लाटिएर ढल्ने, भनेको समयमा खुट्टा नलाग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै वसेका छन् । उनलाई कक्षा ५ पढ्दादेखी उक्त समस्या सुरु भएको थियो । बाल्यकालमा सपांग जीवन बिताइरहेका कोपिलालाई अहिले चर्पी लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोकेर लानुपर्छ । विद्धालय जाँदा लडेको र त्यसपछि विस्तारै कम्मरमुनीको अंग चल्न छोडेको कोपिलाले स्मरण गरिन् । यो समस्या कोपिलामा भएको १२ वर्ष पुग्यो । यहि समस्या अन्य सन्तानमा पनि सर्दै गएको छ । आर्थिक समस्याले उपचारमा लैजान नसक्दा थप दुईजना छोरीको पनि सोही समस्याले अवस्था नाजुक भईसकेको छ ।

अनिशा र मनिषाले एसईई गरेकी छन् । अनिशामा कम्मरमुनीको अंग नचल्ने समास्या भएको चार ५ वर्ष भयो । मनिषामा २ वर्ष भयो । अनिशा मनिशासहित कोपिलालाई अहिले आमाले नै डोराएर भित्र बाहिर तथा चर्पी लानुपर्छ । कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिडदैनन्, हिड्दा खुट्टाले भर दिन्न, काम्ने, लर्बराउने गरको छ । उनको हिडाइ सामान्य मानिसको जस्तो छैन । उनलाई कम्मरमुनीको भाग चलाएर हिड्न धेरै सकस हुन्छ । कम्मरमुनीको भाग नचल्ने यो समस्या उनलाई दुई वर्षदेखी भएको आमा लक्ष्मी मायाले बताईन् । हाल कान्छो छोरा हिड्न सक्ने भए पनि उनको खुट्टा लर्खरिने, लाटिएर ढल्ने, भनेको समयमा खुट्टा नलाग्ने समस्या दिनानु दिन वढ्दै गइरहेको छ । ‘उनीहरुमा आफै धेरै कुरा गर्ने मन भए पनि शरीरले साथ दिदैन, मनको बह पोखेर रुन्छिन्, आफैलाई धिक्कार मान्छन् ।’ छिमेकी दिदी दिलमाया विश्वकर्मा भन्छिन्, “रुने, मर्न पाए हुने थियो भनेर मनको वेथा सुनाउँछिन् ।”

परिवारको विचल्नी देखेर मनिशा त कम्मरमुनीको अंग अलिअलि चल्दा नै २०७४ असारमा भागेर काठमाण्डौ दिदीको घरमा पुगेकी थिइन् । ११ महिना दिदीको घरमा बसेर एक्कासी सडकमा आई भिख मागेर हिडीरहेको अवस्थामा गत साउन अन्तिम साता काठमाण्डौको ट्रमा सेन्टर नजिक महाङ्कल मन्दिरबाट नेपाली साझा मञ्चकी उपाध्यक्ष शारदा भुसालले उनलाई उद्धार गरेका थिए । उद्धारगरी वीर अस्पतालका न्युरो सर्जनसँग चेकजाँज, पाटन अस्पतालमा एमआरआई र सिभिल अस्पतालमा सिटी स्क्यान गरेर पुनः वीर अस्पतालकै परामर्श केन्द्रले सवै डकुमेन्ट हेर्दा उनीहरुमा बंशानुगत रोग भएको अनुमान गरेको र त्यो चेक गर्नका लागि दिल्लीको गंगाराम अस्पताल रेफर गरिदिएको मञ्चकी उपाध्यक्ष भुसालले बताईन् । जसको लागि उपचार गर्न अनुमानित पाँच लाख भारु लाग्नेछ ।

तश्वीरमा: कम्मरमुनीको भाग नचल्ने रोगबाट पीडित बायाँबाट क्रमशः मनिशा, कोपिला, अनिशा र चेतराज साथमा आमा लक्ष्मीमाया विश्वकर्मा । तस्विर: चिसाङ शेर्पा

काठमाण्डौबाट उद्धारगरी गत सोमबार (चैत्र ११) गते मनिशालाई घरमा लैजादा अन्य दुई छोरी र एक छोरामा पनि कम्मरमुनीको अंग नचल्ने रोग भएको सनसनीपुर्ण खबर बाहिर आएको हो । प्रमुख जिल्ला अधिकारी, प्रहरी, जनप्रतिनिधिले स्थलगत रुपमा सो परिवारको समस्या नियालेको र प्रशासनले तीनै जनाको नागरिकता बनाईदिने आश्वसन दिएको बुबा वीर बहादुर विश्वकर्माले बताउनुभयो । यो बेला नागरिकतासँगै हामीलाई सहयोगको खाँचो छ । घरमा एकपैसा छैन । कसरी छोराछोरीलाई बचाउनु, लाउँलाउ खाउँखाउ भन्ने बेलामा कस्तो रोग लाग्यो मेरो सन्तानलाई भक्कानिदै उनले भने, ‘कृपया सहयोग गरिदिनुस हामीलाई । ’ कलकहलाउदो उमेर, भविष्यमा धेरै गर्ने इच्छा संगालेका उनीहरु चारैजना कसरी बाँकी जिन्दगी कटाउने ? बाचिन्छ कि, मरिन्छ टुंगो छैन । भनेर निराश छन् ।

Share This Article
Leave a Comment

Leave a Reply