२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुरुयोजना तर्जुमा गर्न सुझाव संकलन

२०७५, १६ चैत्र शनिबार १४:०६

चैत १६, सुर्खेत । प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँग सुझाव संकलन गरेको छ । वीरेन्द्रनगरको समृद्धि गर्न गुरुयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सुझाव संकलन गरिएको हो ।

सुझाव संकलन तथा अभिमुखिकरणमा बोल्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख देबकुमार सुबेदीले नगरको गुरुयोजना तयार पार्ने कुरामा नगरवासीको एकता आवश्यक रहेको बताए । ‘सिंगो कार्यपालिकाको एकताबाट वीरेन्द्रनगरको समृद्धि र योजनाबद्ध नगर शहरको रुपमा विकसित गर्ने आधारमा हामी कटिद्ध छौं’ सुवेदीले भने । क्षतिपुर्ती दिएर निर्माण र समृद्धिको परिकल्पना समेत गर्न नसकिने राजनैतिक विज्ञहरुसँग उनको आग्रह थियो । 

नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गुरुयोजना कस्तो खाले बनाउने भन्ने कुरामा बिबिध क्षेत्रसँगै बिभिन्न वडाहरुमा गएर वडास्तरिय छलफल गर्न जरुरी रहेको बताईन् । उपप्रमूख ढकालले वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानीको नगरपालिका भएकाले यसलाई व्यबस्थित शहरको रुपमा अगाडी बढाउने मान्यता रहेको जानकारी दिइन् । ‘नगरपालिकाको न्यायिक समितिका मुद्दा फाँटमा जग्गा सम्बन्धि समस्याका मुद्दा दर्ता भएको भन्दै उपप्रमुख ढकालले जुन खालका समस्या र जुन खालका मुद्दाहरु अगाडी बढेका छन, यस्ता खाले समस्या र मुद्धाहरु दर्ता हुन नदिन व्यबस्थित शहरको रुपमा विकास गर्नुपर्ने बेला आएको छ’ ढकालले भनिन् ।

नगर गुरुयोजना तर्जुमा सम्बन्धि जनप्रतिनिधि तथा विज्ञहरुसँगको सुझाव संकलन तथा अभिमुखीकरण कार्यक्रममा सहरी योजना तथा आवास बिकास विज्ञ एवं वास्तुकला विदका टिम लिडर ईश्वर जोसीले कार्यपत्र प्रस्तुत् गरेका थिए । कार्यपत्रमा नगर शहरका प्रमुख चुनौति र समाधानका बिषयमा उल्लेख गरिएको छ । २०३३ सालमा वीरेन्द्रनगर स्थापना भएपनि ४२ बर्षको अवधिमा जम्मा ४० किलोमिटर बाटो मात्रै पीच भएको कार्यपत्रमा उल्लेख छ । 

कार्यक्रममा सहभागीहरुले पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्ने, बिगतमा बनेको माथेमा आयोगलाई निरन्तरता दिनुपर्ने, जग्गा पास तथा नक्सा पास फुकुवा गर्नुपर्ने भन्दै गुरुयोजना निर्माण स्वागत योग्य कदम भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी