Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

असिनाबाट बालीमा क्षति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>चैत १७, पोखरा । </b>विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>आज अपराह्न वर्षासँगै परेको असिनाले पोखराका सडकहरु करीब १५ मिनेटसम्म ढाकिएका थिए । वर्षासँगै असिना परेपछि पोखरामा सामान्यतया जाडो वृद्धि भएको छ । यसैबीच रुपा गाउँपालिकामा असिनाले तरकारी र फलफूल खेतीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी गराउनुभयो । तरकारीका टनेल, फलफूलका बालीको क्षतिका साथै कतिपयको घरको छानामा राखिएका पानीको ट्याङ्कीसमेत असिनाका कारण फुटेको उहाँले बताउनुभयो । रासस</p>