पढ्न करिब 2 मिनेट लाग्छ

चैत १७, सुर्खेत । वीरेन्द्रनगर १२ नेवारेमा रहेको मानव सेवा आश्रममा आश्रित २० जनालाई नेपाली सेनाले लत्ताकपडा सहयोग गरेको छ । नेपाली सेनाको उत्तर पश्चिम पृतनाले आईतबार एक कार्यक्रमको आयोजना गरेर उक्त सहयोग गरेको हो ।

पृतनापति उपरथी सरोजप्रताप राणा, डा. कल्पना राणाले लताकपडा प्रदान गरेका छन् । पृतनापति उपरथी राणाले मानसिक असन्तुलन गुमाएका नागरिकलाई सहज जीवनयापनमा ल्याउन ठूलो चुनौती भएकोले सैनिक नागरिक सहकार्यका लागि सहयोग गरिएको बताए । उनले नागरिक र नेपाली सेनाविचको सम्वन्धलाई मजवुत बनाउने सामाजिक सेवामा समेत सेनाले यस्ता कामहरु गर्दै आएको जानकारी दिए । पृतना अन्तर्गतको कालीबक्स गण र राजदल गणले मानव सोजा आश्रमको मर्मत सम्भार गरिदिएको छ ।

दुवै गणका सेनाहरुले रङरोगन लगाउनेदेखि अन्य संरचना मर्मतको कामहरु गरेको हो । अहिले आश्रममा एक शिशुसहित २० जना मानसिक सन्तुलन गुमाएका विरामीहरु रहेका छन् । उनीहरुलाई आश्रममै सरसफाई गर्नुका साथै सहज जीवनपायनका उपायहरु सिकाउने गरिएको आश्रमका सहसंयोजक संचिता गौतमले जानकारी दिइन् । उनका अनुसार ती सवैलाई सुर्खेतका विभिन्न क्षेत्रका सडकबाट आश्रममा ल्याइएको हो ।

सहसंयोजक गौतमले शारीरिक, मानसिकरुपमा कमजोर रहेको भएपनि अहिले आश्रमका विभिन्न उपचारपछि क्रमशः निको हुँदै गएको बताइन् । उनले आगामी दिनमा वीरेन्द्रनगरका सडकहरुको अनुगमन गरेर सडक बालबालिका तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको उद्धार कार्यलाई तिव्रता दिने उल्लेख गरिन् ।