2026-10-27 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै बैंक सेवा पाउदा स्थानियबासी खुसी

दान बहादुर बुढा | चैत्र १८, मुगु | जिल्लामा रहेको चार स्थानिय निकाय मध्य सोरु  गाँउपालिका अन्तरगत सोरुकोटबाट राष्ट्रिय बाणिज्य बैकले आफ्नो शाखा खोली सन्चालनका ल्याएको हुँदा  स्थानियबासी गाँउ-घरबाट बैंकबाट हुने सेवा पाउँदा निकै खुसी भएका छन् ।

बिगतका बर्षहरुमा आर्थिक तथा बैंकको कारोवार गर्दा सदरमुकाम गमगढी बजार २ दिन हिडेर जानु पर्ने २ दिन लगाएर घर र्फकनुपर्ने कुनै पनि बिकासी कामको कारोवार हो वा आफ्नो ब्याक्ति गत काम हो का लागी सदरमुकाम पुग्नुपर्ने समय बढी लाग्ने र खर्च पनि बढी हुन्थो । तर हिजोआज बिहान घरबाट आयो बैंकको काम गरेर समयमा घर पुगीन्छ । खर्च कम लाग्ने हुदा निकै खुसी भएको सोरु गाउँपालिका वडा नम्बर ६ जिमा गाँउका पूर्णसिंह लावडले बताएका छन ।

संघिय संरचनाको ब्याबस्था आए पछि नेपाल सरकारले प्रत्यक गाँउपालिकामा नगरपालिकामा निजि तथा राष्ट्रिय बाणिज्य बैक स्थापना हुनुपर्ने निति अनुसार ६ महिना पहिला सोरु कोठमा स्थापना भएको राष्ट्रिय बाणिज्य बैक सोरु गाँउपालिका अन्तरगर्त रहेका एक देखी चौध वडा भित्र रहेका जनताहरु र गाउपालिकामा काम गर्ने कर्मचारी संघ सस्थाका कर्मचारीहरुलार्ए लक्षित गरी स्थापना गरीएपनि सेवा ग्राही एकदमै न्यून आउर्ने धेरै जसो ब्याक्तिहरुको खाता सन्चालन जिल्लाबाटै भएको हुदा समस्या भएको छ ।

गाँउपालिकामा कार्यरत कर्मचारी र गाँउपालिकाले काम चलाउ जस्तो हिसावले मात्र खाता सन्चालन गरेका छन् । यही तरीकाले शाखा संचालनमा आउने हो भने संस्थानलाई घाटा छ । फोकटमा तलब खान मात्र आएको जस्तो लागेको छ, बिगतका बर्षहरुमा सिकेका सिपहरु पनि हराउँदै जाने चिन्ता लागेको छ । जागीर खाएको लामो अनुभब पछि हिजो-आज सोरु शाखामा काम गर्दा संस्थानको बेकामे तलव खाएजस्तो लागेको छ । गाँउपालिकाको शाखा खोलिएता पनि सबै कारोवार जिज्लाबाट सन्चालन भईरहेको राष्ट्रिय बाणिज्य बैक शाखा सोरुकोटका प्रमुख जय बहादुर मल्लले बताएका छन ।

मुगु जिल्लाका चार स्थानिय निकाय मध्य छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा बैकको ब्याबस्था भए पनि मुगमकामारोङ गाँउपालिकामा बैंक नहुँदा गाँउपालिकाको कार्यालय सदरमुकाम गमगढीमा रहि सबै आर्थिक कारोवार गमगढी बजारबाट सन्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने