पढ्न करिब 1 मिनेट लाग्छ

चैत १९, बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले पार्टीले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस आएका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

यस अघि प्रदेश २ सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरुप तीन लाख रुपैयाँ दिने र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ ।

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ।