१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालाबजारी विरुद्ध उपभोक्ता जाग्नुपर्ने

२६ चैत्र २०७२, शुक्रबार ०३:२५

    भूकम्पले दिएको पीडा त्यसमाथि भारतीय नाकाबन्दीका कारण प्रभावित भएको  नेपाली जनजीवन अझै सहज हुन सकेको छैन । नाकाबन्दीसँगै मधेसमा चर्किएको आन्दोलनको निकास राज्यले गर्न सकेको छैन । नाकावन्दी खुलेको महिनौ भईसक्दा पनि दैनिक उपभोग्यको चरम मूल्य वृद्धि र ईन्धनको अभावले सर्वसाधारणको जीवन कष्टसाध्य भएको छ  ।यहि मौका छोपी दिन दुई गुणा र रात चार गुणाका दरले कमाउने धन्दा गर्नेहरुको संख्या यतिबेला ह्वात्तै बढेको पनि छ । वजारमा महंगी र कालावजारीको विगविगी देखिएको छ ।
अझ कस्तो देखिन्छ भने उवासंघका पदाधिकारी समेत         कालावजारीमा समातिएको घटना बाहिर आएको छ । व्यापारीको        कालावजारीबाट आक्रान्त साधारण उपभोक्ताको व्यापक गुनासो जिल्ला प्रशासनमा आएपछि अनुगमन गर्दा कालावजारी समातिएको अवस्था छ । सर्वसाधारण महंगीको मारमा परेको अवस्थामा विवेक गुमाएर व्यापारीले मुनाफाखोरी गर्छन् भने तिनीहरुलाई कडा कारवाही गरिनुपर्छ ।           कालावजारीका विरुद्ध व्यापारीको साझा संस्था उवासंघको धारणा के हो ? यो बाहिर आउनुपर्छ । कालावजारीका विरुद्ध सचेत नागरिक एकजुट भई लाग्नु आवश्यक छ । नेपाली जनतालाई पीडा परेको बेला व्यापारीहरुले केवल मुनाफा मात्र कमाउने ईच्छा राख्दछन् भने व्यापारमा अलिकति पनि सेवाभाव हुँदो रहेन्छ भन्ने सोच सर्वसाधारणमा पर्न सक्छ । जसको मूल्य व्यापारीक क्षेत्रले नै ठुलै चुकाउनुपर्ने हुन्छ । यसबारे व्यापारी वर्ग र सरोकारवाला निकायले बेलैमा सोच्नु आवश्यक छ । जिल्लामा भेटिएका यस्ता केही व्यापारी त केबल नमुना मात्रै हुन यस्ता त सयौको दरमा भेटिन्छन् ।
स्थानिय सरोकारवाला निकायले यस्तै छड्के अनुगमनलाई तिब्रता दिनु आवश्यक छ भने बजारमा भएको चर्को मुल्य बृद्धिलाई पनि रोक्नको लागि पहल गर्नुपर्छ । आर्पूित्र्त कम हँुदा बस्तुको मुल्य बढाउनको लागि पर्ने व्यापारीहरु आयातमा सहज हुँदा पनि मुल्य समायोजन गर्नको लागि कोसिस गर्दैनन् । जिल्लामा मूल्य सूचि विना नै व्यापार व्यावसाय गरेर उपभोक्तालाई लुटेका लुटेराहरु पनि छन् । त्यस्ताको पहिचान गरी कारवाहीको दायरामा ल्याउनको लागि र नाम मात्रका उपभोक्ता मंचको रुपमा रहेको उपभोक्ता अधिकारकर्मी पनि सक्रिय बन्नु आवश्यक छ । छिमेकी जिल्ला म्याग्दीका स्कुले विद्याथी पर्वतको वारिवेनीमा आएर कालावजारीका विरुद्ध अभियान मात्र नगरी ग्याँस सिलिण्डर समेत समातेको खवर छ । जुन स्वागत योग्य कर्म हो । यो उदाहरणी कार्यको अनुकरण अन्य जिल्लामा समेत भए कालावजारीको होस्हवास उड्ने थियो । अनुगमनलाई प्रशासनले तिब्रता दिई कालोबजारीयाको भण्डाफोर गर्ने र कारवाही गरोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल