२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारमा प्रगतिशिलको वर्चश्व

२०७५, २१ चैत्र बिहीबार १६:०५

चैत २१,  काठमाडौँ (रासस) | कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा प्रगतिशील, पेशागत तथा समावेशी समूहको वर्चश्व भएको छ । 

आज सम्पन्न मतपरिमाणअनुसार २५ जनाको केन्द्रीय कार्यसमितिमा प्रगतिशिल समूहका २२ जना निर्वाचित हुँदै वर्चश्व भएको हो ।  

प्रदेश नं– ५ का उपाध्यक्ष, महासचिव र एक खुला मधेशी/मुस्लिम सदस्यबाहेक सबै पदमा प्रगतिशिल समूहका उम्मेदवार निर्वाचित हुनुभएको हो । प्रगतिशिल समूहबाट अध्यक्षका उम्मेवार बन्नुभएका चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिक समूहका अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई १४९ मतलेपछि पार्दै श्रेष्ठ निर्वाचित हुनुभएको हो । 

अध्यक्षमा निर्वाचित श्रेष्ठले चार हजार २२ मत प्राप्त गर्नुभएको छ उहाँका निकटम प्रतिद्वन्द्वी पोखरेलले तीन हजार ८७३  मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बारलाई प्राज्ञिक र पारदर्शी थलो बनाउने बताउनुभयो । लोकतान्त्रिक समूहबाट प्रदेश नं–५ का उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडेल र मधेशी/मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले मात्र निर्वाचित  हुनुभएको छ । 

यही चैत १९ गतेदेखि भएको मतगणना आज सकिएको हो । आज सम्पन्न मतगणनाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहबाट लिलामणि पौडेल निर्वाचित हुनुभएको छ ।

लोकतान्त्रिक समूहका पौडेलले प्रगतिशिल समूहका सुरेन्द्रबहादुर थापालाई ४७७ मतले पछि पार्दै महासचिवमा निर्वाचित हुनुभएको हो । पौडेलले चार हजार १७८ मत प्राप्त गर्नुभएको छ भने थापाले  तीन हजार ७०१ मत पाउनु भएको छ । 

यस्तै उपाध्यक्षमा प्रदेश नं– १ बाट मानबहादुर रुम्दालीले तीन हजार ९४७ मत, प्रदेश नं २ बाट रामचन्द्र सिंहले तीन हजार ९३८ मत, प्रदेश नं तीन बाट ईश्वरीप्रसाद भट्टराईले चार हजार १६८ मत, गण्डकीप्रदेशबाट सुरेन्द्रथापा मगरले चार हजार २९४ मत, प्रदेश नं ५ बाट सुनिलकुमार श्रेष्ठले तीन हजार ९६८  मत कर्णालीबाट मीनबहादुर महतले चार हजार ५९ मत र सुदूरपश्चिम प्रदेशबाट उमेशप्रसाद विष्टले चार हजार २७ मत प्राप्त निर्वाचित हुनभएको छ । 

यस्तै महिला उपाध्यक्षमा रक्षा बस्यालले तीन हजार ९४७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलले चार हजार ४६ मत प्राप्त गरी निर्वाचित हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी तेजबहादुर रावलले तीन हजार ६४१ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी छ खुला सदस्यमा गङ्गाप्रसाद सिग्देलले चार हजार २२, भीमसेन बञ्जाराले तीन हजार ९८२, भुवनप्रसाद निरौलाले तीन हजार ९७६, प्रकाशन महर्जनले तीन हजार ७४२, बालकृष्ण गैरेले तीन हजार ४८९ र खिमानन्द अधिकारीले तीन हजार ४२४ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

यसैगरी उपत्यकाका खुला उपत्यका बाहिरबाट डा शिवराज पण्डितले चार हजार १६४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै दलिततर्फ मोहन साशङ्करले चार हजार ७९ मत, मधेशी/मुस्लिम उपत्यका बाहिरबाट पञ्चनारायण मण्डल चार हजार १०८, मधेशी÷मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले तीन हजार ९३०, आदिवासी÷जनजाति उपत्यका बाहिर बिनाकुमारी सिंह (चौधरी)ले चार हजार १०५, आदिवासी/जनजाति खुलातर्फ बद्रीनारायण नगरकोटीले तीन हजार ९९८, महिला उपत्यका बाहिरबाट कल्पनाकुमारी भण्डारीले चार हजार १४५ र महिला खुलातर्फ अञ्जु कायस्थले चार हजार १४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा ३५ मतदान केन्द्रबाट देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन