पढ्न करिब 1 मिनेट लाग्छ

चैत २२, डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ मा हिमपहिरोमा परेका तीनजनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ जना बेपत्ता भएका उनीहरूको अझैसम्म खोजी कार्य सुरू भएको छैन ।

गएको आइतबार क्रिस्टल माउण्टेनमा रहेको गुम्बा परिक्रमा गर्न जाँदा हिमपहिरो आएपछि हराएका ३७ वर्षका फूर्बा ठिम्ल्या गुरुङ, १७ वर्षकी पेमा कुन्साङ गुरुङ र १२ वर्षका फुङसोक गुरुङको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।

डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ ।

‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन,’ विष्टले भने ।

प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउने काम मात्र भएको उनले बताए ।