2026-09-13 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बीस हजार कर्मचारी भर्ना गर्ने तयारीमा सरकार’

चैत २२, पर्सा – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

उहाँले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत त्याे परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

नेपाल प्रजापति (कुम्भकार) सङ्घको शुक्रबार वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न लागेको लोक सेवा आयोग परीक्षाको तयारीमा जुट्न युवालाई आह्वान गर्नुभयो । उहाँले देशमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार प्रयासरत रहेको र यसका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले तराई–मधेश समृद्धि आयोजनामार्फत पूर्वाधारको विकासमा सरकार लागेको र बेरोजगार युवालाई भत्तासमेत वितरण गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । 

नेपाल प्रजापति (कुम्भकार) सङ्घका अध्यक्ष रमानन्द पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलगायतले  तराईका  जिल्लामा रहेको दाइजो प्रथालाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले