2026-07-28 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यासमा कालोबजारी गर्ने ब्यापारीमाथि कारबाही सुरु

पर्वत, चैत २८
ग्यास लुकाउने सुरेन्द्र किराना पसलका सञ्चालक लक्ष्मी अधिकारीलाई जिल्ला प्रशासन कार्यालयले धरौटी लिएर अनुसन्धानमा राखेको छ । सुराकीको आधारमा ग्यास लुकाएर दोब्बर मुल्यमा बिक्री गरेको आरोप लागेका उनलाई प्रशासनले दुई लाख ५० हजार रुपैयाँ धरौटी लिएर अनुसन्धान अघि बढाएको हो ।

कालोबजारी गर्ने ब्यापारीलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने भएपनि धरौटी मात्र लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुसन्धान अधिकृत सुबास लामिछानेले अहिले उजुरी र पसलका कागजात एकैठाउमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि उनको पसलमा छापा मार्ने क्रममा १३ सिलिण्डर भरी ग्यास लुकाएर राखेको अवस्थामा फेला परेको थियो । उक्त पसलले छ हजारदेखि नौ हजारसम्ममा भरी ग्याससहितका सिलिण्डर गोप्य रुपमा बिक्री गर्ने गरेको प्रशासनस्रोतले जनाएको छ । कालोबजारीमा अधिकारी दोषी देखिएमा एक बर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुनसक्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

‘अनुसन्धानको सबै अधिकार अनुसन्धान अधिकृतलाई छ, उहाँले अनुसन्धान पुरा भएपछि सरकारी वकिलमार्फत मलाई फाइल प्राप्त हुन्छ’ प्रजिअ ढकालले भने–‘मैले प्राप्त कागजातका आधारमा कारबाहीको फैसला गर्ने हो ।’ यता अधिकारीलाई छुटाउनका लागि पर्वत उद्योग बाणिज्य संघको चर्को दबाब परेको प्रशासनस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो