१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यासमा कालोबजारी गर्ने ब्यापारीमाथि कारबाही सुरु

२८ चैत्र २०७२, आईतवार १३:३०

पर्वत, चैत २८ ग्यास लुकाउने सुरेन्द्र किराना पसलका सञ्चालक लक्ष्मी अधिकारीलाई जिल्ला प्रशासन कार्यालयले धरौटी लिएर अनुसन्धानमा राखेको छ । सुराकीको आधारमा ग्यास लुकाएर दोब्बर मुल्यमा बिक्री गरेको आरोप लागेका उनलाई प्रशासनले दुई लाख ५० हजार रुपैयाँ धरौटी लिएर अनुसन्धान अघि बढाएको हो ।

\कालोबजारी गर्ने ब्यापारीलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने भएपनि धरौटी मात्र लिएर अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुसन्धान अधिकृत सुबास लामिछानेले अहिले उजुरी र पसलका कागजात एकैठाउमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि उनको पसलमा छापा मार्ने क्रममा १३ सिलिण्डर भरी ग्यास लुकाएर राखेको अवस्थामा फेला परेको थियो । उक्त पसलले छ हजारदेखि नौ हजारसम्ममा भरी ग्याससहितका सिलिण्डर गोप्य रुपमा बिक्री गर्ने गरेको प्रशासनस्रोतले जनाएको छ । कालोबजारीमा अधिकारी दोषी देखिएमा एक बर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुनसक्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

‘अनुसन्धानको सबै अधिकार अनुसन्धान अधिकृतलाई छ, उहाँले अनुसन्धान पुरा भएपछि सरकारी वकिलमार्फत मलाई फाइल प्राप्त हुन्छ’ प्रजिअ ढकालले भने–‘मैले प्राप्त कागजातका आधारमा कारबाहीको फैसला गर्ने हो ।’ यता अधिकारीलाई छुटाउनका लागि पर्वत उद्योग बाणिज्य संघको चर्को दबाब परेको प्रशासनस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’