२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लाका सेवा प्रदाय निकायमा व्यापक भ्रष्टचार रहेको सरोकारवालाको भनाई

२०७२, २९ चैत्र सोमबार ०२:५६

मुलुकमा भ्रष्टचारले चर्चा कमाईरहेका बेला पर्वतको सदरमुकाम कुश्मामा भएको एक अन्तरक्रिया कार्यक्रममा समेत सरोकारवालाहरुले सेवाप्रदायक निकायहरुमा व्यापक भ्रष्टचार भएको भनाई राखेका छन् । आईतवार कुश्माको बन्दना होटलको सभाहलमा जिल्लाका सेवा प्रदायक निकायका केही प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, आमसंचारकर्मीहरु लगायतको एकै थलोमा टेलिभिजन संम्वाद कार्यक्रम भएको थियो ।

संवादको विषय स्थानीय स्तरमा रहेका आर्थिक सामाजिक र साँस्कृतिक अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राही बीच भएको अन्तरसम्वन्ध बारे थियो । यो कार्यक्रमलाई एभिन्युज टेलिभिजनको टेलिभिजन संवाद कार्यक्रममा प्रसारण समेत गरिनेछ । मानवअधिकार तथा नागरिक निगरानी संजाल ईन्सेकको आयोजनामा भएको कार्यक्रममा जिल्लाका तीन वटा गाविसहरु क्याङ, बनौ र बाजुङमा गठन भएको संजालकै गाविसस्तरीय संजालका प्रतिनिधिहरु सहभागी थिए । ती प्रत्येक गाविसहरुबाट तीन जना प्रतिनिधिहरुका दरले कांर्यक्रममा सहभागीता थियो ।

सहभागी प्रतिनिधिहरुले गाविस सचिवहरु गाउँमा नभेटिने र सामान्य सरकारी सेवाका लागि पनि सदरमुकाम आउनु पर्दा सर्वसाधारणले हजारौ रुपैया खर्चिनु परेको गुनासो राखे । क्याङबाट सहभागी भएका गौ बहादुर पुनले शिक्षा, स्वास्थ्य र खानेपानीको असुविधा आफूहरुले व्यहोर्नु परेको भए पनि जिल्लाका सेवा प्रदायक निकायले कुनै चासो नदिएको बताए । सहभागीहरुले लक्षितवर्गको रकमको सहि सदुपयोग नभएको र घरपायक मिलाएर वसेका सामुदायिक विद्यालयका शिक्षकहरुले पठनपाठनमा ध्यान नदिने गरेको समेत भनाई राखेका थिए । कार्यक्रममा सेवाप्रदायक निकायहरु महिला तथा बालबालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय, कृषि विकास कार्यालयका प्रमुख अधिकृतहरुको सहभागीता थियो ।

जिल्ला विकास समितिको प्रतिनिधित्व सूचना अधिकृतले गरेका थिए । सेवाप्रदायक निकायका अधिकारीहरुले आफ्नो कार्यालयबाट भए गरेका योजना र कार्यक्रमबारे बताई रहदा सहभागीहरुले व्यापक भ्रष्टचार र अनियमितता रोक्न आग्रह गरे । सेवाप्रदायक निकायले यो वा त्यो बहानामा गरेको भ्रष्टचारका विरुद्ध जिल्लाका नेतृत्वले समेत औला उठाए ।

नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, नेकपा माओवादी क्रान्तिकारी संयोजक तेजेन्द्र पौडेल, राप्रपा सचिव ईश्वर गिरीले जिल्लाको भौतिक विकासको योजना र कार्यक्रममा भ्रष्टचार भएको उल्लेख गरे । नेकपा माओवादी क्रान्तिकारीका संयोजक पौडेलले जिल्लाका सभासदहरुले संसद कोषको रकम आफू आपmूले बाँडफाँड गरी भ्रष्टचारलाई बढावा दिएको आरोप समेत लगाए । नयाँशक्ति पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेले सवै भ्रष्टचार र विकृति हटाउदै अव आर्थिक क्रान्तिमा नलागेसम्म मुलुकमा राजनीति मात्र गरेर प्रगति केही नहुने भनाई राखे ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव विश्वप्रकास प्रसार्ईले मुलुकको आर्थिक समृद्धि कुनै एउटा पार्टी र सत्ता पक्षको पहलबाट मात्र संभव नहुने बताउदै सत्ता पक्षले मुलुकको विकास गरेन भन्नु नेपाली कांग्रेसको अवौद्धिकता हुने बताए । सवै मिलेर मुलुकको समृद्धीमा लागे मात्र केही गर्न सकिने सचिव प्रसाईको तर्क थियो । मानवअधिकार तथा नागरिक निगरानी संजाल पर्वतका अध्यक्ष यम बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन ईन्सेक प्रतिनिधि पर्वतका किसोर सापकोटाले गरेका थिए । कार्यक्रममा ईन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलको समेत सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने