२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगोलागीको सावधानी अपनाऔं

२०७२, २९ चैत्र सोमबार ०२:५९

फागुन देखि बैशाख महिना सम्म भनेको सुक्खा हुने समय हो । सुक्खायाम सँगै यो समयमा चर्कौ हावाहुरी हुने गर्दछ जसका कारण पनि एक ठाउँमा लगाएको आगो वा घरभित्रको आगोको झिक्लो पनि बाहिर जान सक्छ । सुक्खा मुलुकभर आगलागीका घटना हुने गर्दछन् । जसका कारण ठूलो जनधनको क्षती हुने गर्दछ ।

एक सानो लापरवाहीका कारण त्यसले ठूलो रुपमा जनधनको क्षती हुने गर्दछ । तराइमा यतिबेला यहि भएको छ सयौ घरहरु जलेर खरानी भएका छन् जसका कारण मानिसहरु आकाशमुनीको बास बस्न बाध्य भएका छन् । पहाडी जिल्लामा बनमा वा पाखोमा आगो लगाउँदा राम्रो घाँस आउने लोभले मानिसले आगो लगाउने गर्छ जसका कारण उक्त आगो अनियन्त्रीत भै लाखौ, करोडौको क्षतीको रुपमा परिणत हुन सक्छ कतै मुलुकभरै आगलागीका घटना घटे पनि तराईका जिल्लामा भने समस्या भयावह नै हुने गरेको छ । चुरे क्षेत्रमा आगोलागीका कारण त्यस क्षेत्रका  गाउँ जोखिममा हुने गर्दछ ।

कहि समय अगाडी कपिलवस्तुको कुशहवा १ र २ मा आगलागी हुँदा छिनभरमै १ सय २५ घर र गोठ जलेर नष्ट भए । जसका कारण  एक       करोड बराबरको धनसम्पत्ति नष्ट हुन पुग्यो ।   त्यसो त तराई क्षेत्र मात्र होइन, पहाडी गाउँहरू पनि आगलागीको जोखिममा छन् । जंगलमा फैलिने डढेलोलाई बेलैमा नियन्त्रण गर्न नसक्दा गाउँ नै सखाप हुने गरेका छन् । यतिसम्म कि वनजंगलमा लागेको डढेलोलाई तत्कालै नियन्त्रण गर्न कठिन हुने भएकाले वन जंगल त सखाप हुन्छन् नै, त्यसका कारण वरपरका बस्तीहरूलाई समेत आतंकित बन्ने गरेको हाम्रो सामु विगतका घटनाहरु साचाी नै छन् ।

हरेक वर्ष सरकारले आगलागी नियन्त्रण भन्दै विभिन्न कार्यक्रम सञ्चालनमा ल्याए पनि त्यस्ता कार्यक्रम प्रभावकारी भने हुन सकेका छैनन् । सरकारले आगो नियन्त्रणको लागि धेरै स्रोत र साधनको जोहो गर्नुपर्ने हुन्छ त्यो भन्दा नागरिकनै सचेत हुने हो भने आगो लागी र त्यसबाट हुने क्षतीको भागेदारी हुनबाट बच्न सकिन्छ । जसका लागि नागरीकले ज्वलनशील पदार्थ केटाकेटीले नभेट्ने ठाउँमा नराख्ने, चुरोटको ठूटा जथाभावी नफाल्ने, आगोको प्रयोग गरीसकेपछि त्यसलाई राम्रोसँग निभाउनुनै उत्तम र आगो नियनत्रणको सहज उपाय हो ।
आगलागीबाट हुन सक्ने सम्भावित जोखिमलाई समयमै न्यून गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।

त्यसका लागि व्यापक मात्रामा जनचेतना जगाउन आवश्यक छ । आगलागीबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यून गर्न बेलैमा सावधानी अपनाउन आवश्यक छ । त्यसो भयो भने आगलागीलाई धेरै हदसम्म कम गर्न सकिन्छ । भने ठूलो रुपमा हुने जनधनको क्षतीबाट पनि बच्न सकिन्छ । हरेक नागरिकले सचेत भएमा र जिम्मेवारी बोध गरेमा आगोलागी नियन्त्रण गर्न सहज हुन्छ भने यसका लागि सरोकारवाला निकायले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ