१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यस्ता पनि डाक्टरहरु…

२९ चैत्र २०७२, सोमबार ०५:४१

Parbat-hospital-Kusmaपर्वत, । पर्वत अस्पतालमा कार्यरत डाक्टरले अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेर नीजि क्लिनिकमा जान थालेपछि अस्पतालमा पुग्ने असाहय, अशक्त बिरामी मर्कामा परेकाछन् ।  पर्वत जिल्ला अस्पतालका डाक्टर सरोज दाहालले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने कोठाको चाबी बन्द गरेर ३ सातादेखि बाहिरको क्लिनिकमा बिरामी जाँच गर्न जाने गर्नुभएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

सरकारी अस्पतालका डाक्टर नीजि क्लिनिकमा बिरामी जाँच गर्न जाने गरेको समाचार यसभन्दा पहिला पनि आउने गरेको भएपनि अस्पताल नै बन्द गरेर जाने गर्दा समेत कुनै कारवाही हुन नसक्दा सर्वसाधारण बिरामीहरु मर्कामा परेका हुन् । पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिले एक वर्ष पहिलादेखि डा। दाहाललाई भिडियो एक्सरे विभागको जिम्मा दिएको अस्पताल विकास समितिले जानकारी दिएको छ ।

अस्पताल व्यवस्थापन समितिले दिएको जिम्मेवारी पुरा नगरि बाहिर हिँड्ने गरेको र बारम्बार अनुरोध गर्दा समेत डा। दाहालले आँफूखुशी तालाबन्दी गरेर हिड्ने गरेको समितिले स्वीकार गरेको छ । विभिन्न कारणले कारवाही गर्न नसकिएको र काममा लगाउने वातावरण गराएको भएपनि डा। दाहालको वेवास्ताका कारण काम हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँलाई हामीले जिम्मेवारी दिएका हौं उहाँले भन्नुभयो–जिम्मेवारी पुरा नगरे विकल्प खोजेर भएपनि चलाउँछौं ।

डा। दाहालले विभिन्न समयमा विरामीको वेवास्ता गर्दै नीजि क्लिनिकमा बिरामी जाँच गर्ने गरेको पाइएको छ । उहाँले सदरमुकाम कुस्मामा रहेको पर्वत मेडिकल हलमा ८ सय रुपैयाँमा भिडियो एक्सरे गर्ने गरेको पाइएको छ । नीजि क्लिनीकमा ८ सय रुपैयाँमा बिरामी जाँच गर्दा ४ सय कमिशन आउने र अस्पतालमा बिरामी जाँच्दा कमिशन नपाउने भएकाले यस्तो गरेको स्रोतको दाबी छ ।

अस्पताल व्यवस्थापनसँग यस अघि पनि डा। दाहालले भिडियो एक्सरे गरे वापतको थप पारिश्रमिक पाउनुपर्ने माग गर्दै आएको र समितिसँग थप पारिश्रमिक दिन सक्ने कोष नभएकाले एक्सरे वापतको ४सय ५० रुपैयाँको ३५ प्रतिशत रकम दिने गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । भिडियो एक्सरे संचालनमा समस्या आएपछि अन्य डाक्टर खोजेर तालिम दिन पठाएको भएपनि नयाँ डाक्टरलाई समेत चावी नदिएको र समय समयमा विवाद गरेका कारण झनै समस्या भएको बताइएको छ ।

यता डा। दाहालले भने आँफुले उचित पारिश्रमिक नपाएकाले काम नगरेको बताउनुभयो । मैले समितिसँग पारिश्रमिकको कुरा गरेको हो उहाँले भन्नुभयो कुरा मिल्यो भने काम हुन्छ । डा। दाहालले आँफूले अस्पतालका प्रमुख डा। भवानी प्रसाद शर्मासँग माग राखेको र सो पुरा नभएकाले उहाँसँग विवाद बढेको स्वीकार गर्नुभयो । पर्वत जिल्ला अस्पतालमा यस अघि पनि विभिन्न समयमा अस्पताल भित्रै डाक्टरहरु बीच झगडा हुने गरेको र त्यसले बिरामीहरु मर्कामा पर्ने गरेका थिए ।

यस सम्बन्धमा पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। भवानी प्रसाद शर्माका अनुसार भिडियो एक्सरे गरेवापतको ४० प्रतिशत रुपैयाँ सम्बन्धीत डाक्टरलाई दिने प्रावधान रहेको बताउँदै कुनै समस्या भए बसेर समाधान गर्न सकिने तर सेवा बन्द गर्नु राम्रो पक्ष नभएको बताउनुभयो । -गोरखापत्रमा खबर छ

किन हुन्छ बारम्बार डाक्टरविच महाभारत ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’