२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा रक्त सङ्कलन केन्द्रको भवन उद्घाटन

२०७५, २६ चैत्र मंगलवार १२:०९

चैत २६, खोटाङ । जिल्ला अस्पतालमा निर्माण गरिएको रक्त सङ्कलन केन्द्रको भवन उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको भवन नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाको रु ३८ लाख लागतमा निर्माण गरिएको सुविधासम्पन्न चारकोठे भवन रहेको छ । रु ४१ लाखको प्राविधिक लागत अनुमान भए पनि रु ३८ लाखमै शौचालय र नुहाउने कोठा (बाथरुम) सहितको भवन निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सनमान खड्काले बताउनुभयो ।

औपचारिक उद्घाटन गरिएको भवनमा एक महीनाभित्र रक्त भण्डारणको कामसमेत सञ्चालन गरिने नगरप्रमुख रिजालले बताउनुभयो । अहिले रक्त सङ्कलन केन्द्रमा रहेको रगत हाल्ने झोला (ब्लडब्याग) मात्र प्रयोग गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि उक्त झोलासमेत नहुँदा शल्यक्रिया गराउन अस्पताल आउने बिरामी र रक्तदान गर्ने व्यक्तिलाई एकै ठाउँ राखेर उपचार गर्नुपर्ने बाध्यता थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एक मात्र १५ श्ययाको अस्पताल रहेको छ । उपयुक्त भौतिक पूर्वाधार र दक्ष जनशक्ति नहुँदा अधिकांश जटिल किसिमका बिरामीलाई बाहिरी जिल्ला सिफारिश गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो