२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानमा विरोध जारी, नियन्त्रणका लागि अश्रुग्यास र गोली प्रहार

२६ चैत्र २०७५, मंगलवार १६:१५

चैत २६, खार्तुम (रासस/एएफपी) | सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । 

सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन् । 

राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा देशव्यापी प्रदर्शन शुरु भएको थियो । 

बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन् । मङ्गलबार बिहान सबेरै राष्ट्रिय गुप्तचर विभागका सदस्यहरु, सुरक्षा सेवाका सदस्य र दङ्गा प्रहरीको संयुक्त प्रयासमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । 

सेनाले आफ्नो प्रवेशद्वार खोलेपछि प्रदर्शनकारीहरु भित्र छिरेको र त्यसपछि भारी मात्रामा अश्रुग्यास प्रहार गरिएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । केही समयपछि सेनाको एक समूहले हवाई फायर गरेको थियो । 

गत डिसेम्बरमा पाउरोटी र तेलको मूल्य बढेपछि शुरु भएको आन्दोलनका क्रममा हालसम्म ३८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

गत शनिबारदेखि जारी पछिल्लो प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु हुनका साथै अन्य १५ जना घाइते भएको गृहमन्त्री बसहारा जुमाले बताउनुभएको छ । 

उहाँका अनुसार यस प्रदर्शनका क्रममा ४२ सुरक्षाकर्मी घाइते भएका र दुई हजार ४९६ सर्वसाधारण पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरुले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आग्रह गर्दै मुलुकको विषम परिस्थितिलाई थप अस्थिर हुन नदिन सेनाको सहयोग आवश्यक रहेको बताएका छन् ।

उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य