२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नव बर्षको शुभकामना

२०७३, १ बैशाख बुधबार ०३:५०

happy newsनेपाली जनताले ६५ बर्ष भन्दा लामो समय कालखण्डबाट आफ्नो संविधान लेख्ने अधिकार पनि पाए संविधान पनि जारी भयो, यहि समयमा भूकम्पले पनि नेपाली जनतालाई पीडामा रुमाल्यो त्यसमाथि नाकाबन्दीको मार जनताले खेप्न बाध्य भए । यता खेल क्षेत्रमा एतिहासमानै नभएको म्याच फिक्सीङले खेल जगतमा कालो धम्बानै लगायो ।तर पनि शासस र विस्वासमा कहिल्यै तुवालो लागेन जसका कारण नेपाली जनता आफुले पाएको अधिकार प्राप्तीले सवै कुरा भुलायो ओठमा हाँसोको किरण           थपिदियो ।
तराइमा आन्दोलन चल्यो, देशका रक्षकलाई भक्षकले हमाले गरे, देश विखण्डन गर्न खोज्ने विखण्डनकारीले देशलाई टुक्राउन पनि खोजे तर नेपाली जनता आफ्नो देशको निर्माण र विकासको लागि अडिग भएको सन्देश दिए । जलस्रोतको धनी देश भएरपनि लामो लोडसेडिङको अन्धकारबाट भएपनि आफ्नो कानून तयार पारे यसैमा गौरब मान्नैपर्छ । ०७२ सालमा नेपालीलाई खुसिपनि मिल्यो दुख र जटिलताको पनि सामना गर्न प¥र्यो । यद्यपी नेपाली साहसी थिए, संघर्षमा जिउन एतिहासबाटै सिकेका थिए त्यसैले नेपालीको सामु विस्तारबाद र विखण्डनकारीको केहि लागेन ।

    ०७३ साल नेपालीको लागि सुख, शान्ति, समृद्धि र प्रगतीको मार्ग बनोस्। जसरी शिसिरमा वाताबरणमा उराठ लाग्दो हुन्छ र बशन्तसँगै ती    सारा उराठलाग्दा समयको अन्त्य हुन्छ ठिक त्यसरीनै नेपालीको लागि ०७३ साल एउटा खुसीको र देश निर्माणको बर्ष बन्न सकोस् । लामो समयदेखि प्रतिक्षा गरेको संविधानको निर्माण भयो र यही बर्षमा यसको नीति कार्यन्यवन होस् र सोही अनुुसारको नेपाली जनताले अधिकार प्राप्त गरुन् । भूकम्पले  उठाएको एतिहासिक धरोहरका पुरोतात्वीक बस्तुको पुर्ननिर्माण अभियानले यहि बर्षमा सार्थता पाओस् । नेपालीले लामो समय देखि लोडसेडिङको कालो अन्धकारबाट मुक्ति पाउने वर्षका रुपमा यस बर्ष बनोस र सोही अनुसारको कार्य होस् । खेलाडीपनि आफ्नो देशको शानको लागि खेलुन् ।

    हरेक नेपालीले देशमा सरकार भएको प्रत्याभूति गर्न सकून । भूकम्पबाट पीडि बनेका तथा  बाढी पहिरो वा अन्य प्राकृतिक प्रकोपबाट पीडि बनेका नेपालीले देशमा सरकार भएको अुनभूति गर्न सकुन् । देश विकास र नव निर्माणका लागि राजनीतिक दलहरुविचको मतमतान्तरको अन्त्य भई एउटै थलोमा आउन् र जसरी हिमाल, पहाड र तराईका नेपाली एउटा सिंगो माला भएर बसेका छन् त्यसरीनै नेपालका राजनीतिक दल र नेता मिलेर देशलाई निकासको मार्गमा लैजानको लागि रचानात्मक भूमिका निर्वाह गरुन् । नव बर्ष २०७३ सालको सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा यहि शुभकामना ।

happy news

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा