2026-11-02 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाईजहाज दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि

वैशाख २, दमक (रासस) | सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज  दुर्घटनामा आइतबार हिजो ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको आज अन्त्येष्टि गरिएको छ ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव ल्याई आज जिल्लाको कन्काइ नदीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको शव आज काठमाडाँैबाट गृह जिल्ला ल्याइएको थियो । प्रहरीले सलामी अर्पण गरेको थियो । 

अन्येष्टि कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल, जिल्लाका सुरक्षा अधिकारी र सर्वसाधारणको उपस्थिति रहेको थियो । श्रेष्ठका श्रीमती रेमिला श्रेष्ठ, दुई छोरीहरु शिला र रियान्सु छन् । 

लुक्ला विमानस्थलमा आइतबार विमान दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना र प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको समेत मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द