६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार दोहोरो अङ्कले वृद्धि

३ बैशाख २०७६, मंगलवार १०:५६

चैत ३, काठमाडौं– धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०।२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर रु ७४ करोड २७ लाख १८ हजार ७५१ मूल्यमा खरीद बिक्री भयो । 

कारोवार भएका दश उपसमूहकै आज शेयर बढेको छ । बैंकिङ २९.४१, होटल १४, विकास बैंक २०.०२, जलविद्युत् ५.८९, वित्त १०.७४, निर्जीवन बीमा ४८.९२, उत्पादन २.४६, अन्य २.९३, लघुवित्त ३५.८ र जीवन बीमा ८०.१९ बिन्दुले बढेको छ । 

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । उक्त बैंकको रु छ करोड ७० लाख ६० हजार ५६८, एनआइसिएशिया बैंक रु चार करोड ९८ लाख २१ हजार ६३९, प्रभु बैंक रु चार करोड ५८ लाख ७९ हजार ७०१, सिभिल बैंक रु तीन करोड ३२ लाख ९३ हजार ५५८, नेपाल बैंक लिमिटेड रु तीन करोड २४ लाख ९० हजार ७१५, कुमारी बैंक रु दुई करोड ७५ लाख ७४ हजार २८४, नेपाल क्रेडिट एण्ड कमर्स बैंक रु दुई करोड ३० लाख ९१ हजार १५९, साना किसान विकास बैंक रु दुई करोड २४ लाख २० हजार ४४० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६.५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ३.२२ प्रतिशतले गुमाए । एभरेष्ट इन्स्योरेन्स कम्पनी २.३४, समुन्नती माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २.३०, सिनर्जी पावरका शेयरधनीले  १.९० प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या