२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शंकर पोखरीमा भिषण आगलागि नियन्त्रण हुन नसकेको स्थानीयको भनाई

२०७३, ३ बैशाख शुक्रबार १०:४९

fire at jungleमहेन्द्र जिसी
विहीबार मध्य रातमा सल्केको  आगोले शंकर पोखरी गाविसका  ३ ,४  वडामा फैलिएको राक्से सामुदायी वनको   ५० रोपनी क्षेत्रफल सखाप भएको छ ।  वडाको ४ मा रहेको  कुवा पानी  भन्ने स्थानबाट  सल्केको  आगोले ४ नम्वरको सबै वन सखाप पारेको हो ।   गाविसका दुई सय कुरीयाले उपभोव गर्दैै आएको  वनमा मध्य रातमा आगो देखीएको स्थानीय हरी प्रसाद तिवारीले जानकारी दिनुभयो ।

एक्कासी आगोको मुस्ला देखीएपछि नियन्त्रणमा आँफुहरु लागेपनि आयो बुधबार दिन भर जंगलमा फैलिएर रहेको  तिवारीले बताउनु भयो । नियन्त्रणका लागि शसस्त्र प्रहरी तथा नेपाल आर्मी र स्थानीयको पहल भईरहेको  स्थानीयले बताएका हुन ।  वर्षौ देखी नकाटीएको वन भएका कारण शुकेका मुढा तथा पात र झाडी भएका कारण आगो नियन्त्रणमा आउन  नसकेको हो ।  वन  भिर र पहरामा फैलिएका कारण पनि  आगो  नियन्त्रण असहज भएको स्थानीय युवा रमेश क्षेत्रीले बताउनु भयो ।  स्थानीयका अनुसार बुधबार दिउँसो ३ वजे सम्म पनि नियन्त्रणमा आउन सकेको छ्रैन ।

१२ घण्टा भन्दा बढी समय आगलागी भएपछि वनको ५० रोपनी क्षेत्रफल जलेर नष्ट भईसकेको छ ।  जिल्लामा फाल्गुन महीना लागेसँगै  दर्जन भन्दा बढी स्थानमा  आगलागी भईसकेको भएपनि जिल्ल वन कार्यलयले भने कुनै पुर्व तयारीको थालनी गरेको छैन । कर्मचारीहरुले स्थानीयलाई सजग गराई रहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

नव वर्ष चैते दशैको विदाको अवसरमा आँफु जिल्ला बाहीर भएका कारण आगलागीको कुनै पनि जानकारी नभएको  ढकालले बताउनु भयो ।  । सामुदायीक वनमा आगो लागि भएर अहीले सम्म जिल्लाको  पाँच घर नष्ट भइसकेका छन भने दर्जन भन्दा बढी सामुदायीक वनमा आगोलागि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा