Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

By साझासवाल

<p><b>वैशाख ४, बाग्लुङ |</b> चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म&nbsp; मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् ।<br></p><p>देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार ६२० सङ्कलन भएको कालिका भगवती मन्दिर गुठी समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभएको छ ।</p><p>भाकल गर्ने भक्तजनले बलि चढाएका बोका, राँगा, कुखुराको मुढ ९टाउको० बिक्रीबाट प्राप्त हुने रकम पनि मूलभेटीमा चढ्ने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।&nbsp; मनोकाङ्क्षा पूरा हुने विश्वासमा पूजाका लागि देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् ।&nbsp;</p>