2026-08-24 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकमा मुटुरोग सम्बन्धी अस्पताल

वैशाख ४, दमक । मुटु तथा मिर्गाैला रोगीका बिरामीलाई लक्षित गरेर झापाको दमकमा सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ । विभिन्न मानवीय सेवामा समर्पित हुँदै आएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आफ्नै सुविधासम्पन्न भवनमा १५ श्ययाको सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको हो । 

अस्पताल सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको रेड्क्रसले जनाएको छ । रेड्क्रस उपशाखाले आज दमकमा पत्रकार सम्मेलन गरी यही वैशाख ७ गतेदेखि अस्पतालले औपचारिक रुपमा सञ्चालनमा आउने उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

 उहाँले शुभारम्भका अवसर पारेर यहाँ मुटु तथा मिर्गाैला रोगसम्बन्धी विशेषज्ञ डाक्टरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुने बताउनुभयो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिर्गाैला रोग विशेषज्ञ सञ्जीव शर्मालगायत चिकित्सकको सहभागिता रहने छ ।

यस्तै, रेडक्रसले आगामी भदौदेखि विर्तामोडको मेची आँखा अस्पतालको संयुक्त साझेदारीमा आँखाको विशेषज्ञ अस्पताल समेत सञ्चालन गर्न लागिएको रेडक्रस दमक उपशाखाका संस्थापक सभापति मानबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

विसं २०४९ मा स्थापित दमक रेड्क्रसले यसबाहेक विसं २०५३ मा रक्तसञ्चार सेवा, २०५५ मा सर्प डसाइ उपचार सेवा समेत सञ्चालन गरिआएको रेडक्रस दमक उपशाखाका निवर्तमान सभापति लीला गुरागार्इंले बताउनुभयो । दमक–७ पशुहाट क्षेत्रको करीब सात कठ्ठा जमीनमा स्थापित रेड्क्रसले विभिन्न मानवीय सेवाका कार्यसमेत गरिआएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन