२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड सुरु

२०७६, ४ बैशाख बुधबार १५:३१

रेशमराज रोकाया | वैशाख ४, हुम्ला | हुम्लाको सिमकोट पालिकामा रहेका माध्यमिक तहमा सञ्चालन भएका विद्यालय विच हुने खेलकुद प्रतियोगिता राष्ट्रपती रनिङ्ग शिल्ड सुरु भएको छ । एक औपचारिक कार्यक्रमको विचमा सुर भएको खेल पालिकामा रहेका ७ वटा माध्यमिक विद्यालय मध्ये ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । सिमकोटमा हुने खेललाई सिमकोट गाउँपालिकाको आयोजना गरेको छ भने सिमकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले व्यवस्थापन गरेको छ । 

गत वर्ष जिल्लागत रुपमा आयोजना गरिने राष्ट्रपती रनिङ्ग शिल्ड यस वर्ष पालिका स्तरमा प्रतिष्पर्धा भएको छ । हुम्लामा रहेका  ७ वटा पालिकामा हाल खेलका कार्यक्रम सञ्चालन भईरहेका छन् । हरेक पालिकाबाट हरेक खेल ईभेण्टमा छनौट भएका खेलाडीले जिल्ला स्तरमा प्रतिष्पर्धा गरी प्रदेशमा खेल्न पाउने अवसर जिल्ला खेलकुद विकास समिति स्रोतले जानकारी दिएको छ ।


उद्घाटन कार्यक्रममा सलामी ग्रहण गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष दान बहादुर रावतले खेल मार्फत अनुशासन, गतिशिलता र शारीरिक स्फुर्ती बढ्ने भएको, राष्ट्रलाई संसार सामु चिनाउनको लागि खेलकुदले सहयोग गर्ने भएको कारण यसलाई सही सदुपयोग गर्न सम्पूर्ण सहभागी विद्यालयलाई सुझाउनु भयो । हरेक विद्यालयले जम्मा १३ वटा खेल ईभेण्टमा भाग लिन पाउने आयोजक सिमकोट गाउँपालिकाले जनाएको छ । भलिबल, हाईजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभ्लिङ्ग थ्रो, एक सय, दुई सय, ४ सय, ८ सय, १५ सय मिटरका दौड, रिलेमा १ सय ईण्टु ४ र ४ सय ईण्टु ४ का खेल यस पटक हुने भएका छन् । हरेक विद्यालयले छात्र र छात्रालाई सहमागि गराएका छन् । 

खेलमा विजेतालाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिने भएको छ । गत वर्षका विजेता विद्यालय मानसरोवर नमुना माध्यमिक विद्यालय, सिमकोटका प्रधानाध्यापक अमर बहादुर शाहीले खेल मार्फत हरेक विद्यालयले आफ्नो सीप, कौशल देखाई जिल्ला स्तरबाट राष्ट्र स्तरमा नाम कमाउने यो अति नै उपयोगी अवसर भएको बताउनु भयो । खेलमा हार जित भन्दा पनि यसले खेलाडीको व्यक्तित्व विकासमा टेवा पुर्याउनेमा शाहीको जोड रहेको थियो । 

उद्घाटन कार्यक्रममा सिमकोट पालिका स्तरमा सञ्चालनमा रहेका निजी क्षेत्रका विद्यालयले पनि मार्चपासमा सहभागिता जनाएका थिए । करिब १ सय हाराहारी विद्यार्थीले यस पटकको आयोजनामा खेल्न पाउने अवसर सिमकोट गाउँपालिकाले प्रदान गरेको छ । जिल्ला स्तरमा आयोजना हुने खेलमा सिमकोट पालिकाले पक्कै पनि राम्रो क्षमता देखाउनेमा सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । 

जिल्लाका अन्य पालिकामा प्रतिभा भएका खेलाडी भएको भए पनि सिमित साधन र स्रोतको भरमा खेल प्रतिभा देखाउने पाउने अवसर कम पाउने गरेका छन् । प्रदेश स्तरमा खेल सहभागिता जनाउनकाो लागि जिल्ला खेलकुद विकास समितिले छनोटमा परेका र राम्रा प्रतिभा भएका खेलाडीलाई अवर दिनु भन्दा खेल आयोजना हुने बेलामा सम्पर्कमा आउने खेलाडीलाई सहभागिता हुने अवसर दिएको कारण प्रदेश र राष्ट्रिय स्तरमा हुम्लाका खेलाडीले प्रतिभा देखाउन नपाउने गरेको स्थानियको भनाई रहेको छ । खेल आयोजनाको बेलामा मात्र स्थानिय विद्यालय, खेलाडी अभ्यास गर्ने गरेको भएता पनि खेललाई दिन प्रतिदिन लगाव लगाएर अभ्यास गरेमा खेलाडीले सफलता पाउन सक्ने अवस्था हुम्लामा रहेको छ ।

आज भएको कैलाश माध्यमिक विद्यालय र बालमन्दिर विद्यालय विच भएको भलिबल प्रतियोगिताको प्रथम खेल एक एक खेलको बराबरीमा टुङ्गिएको छ । हावा र पानीको कारण अन्य खेल भोलीबाट नियमित हुने आयोजकले जनाएको छ । त्यसै गरी खार्पुनाथ गाउँपालिका र ताँजाकोट गाउँपालिकामा पनि खेलको आयोजना उद्घाटन गरिएको छ । 


माथिको तश्वीरमा: सिमकोट पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोह । फोटो: रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण