2026-09-19 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यास वितरणमा आफुखुसी

gasपर्वत, जिल्लाको फलेवासका लागि कोटा छुट्याइएको ग्याँस वितरण प्रक्रिया पारदर्शी नभएको पाइएको छ । उपभोक्तालाई वितरण गर्न लगेको ग्याँस व्यवसायीले रातारात आफन्तलाई बाँडेको खुलासा भएको छ । स्थानीय उपभोक्ताहरुले ग्यास आउने सुनेर दिनभर लाईन लागेपनि स्थानीय व्यपारीले भने आफुखुशी ग्याँस वाँडेको भनेर उपभोक्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।

स्थानीय किराना व्यवसायी ओम भुसालले १५ वटा ग्याँस वितरण गरेको थाहा पाएपनि अरु ग्याँस कहाँ गए भन्ने बारेमा ईलाका प्रहरी कार्यालय राहालेका प्रमुख रामशरण खत्रीले बताए । ग्याँस वितरण प्रक्रिया पारदर्शी नभएको भनेर उपभोक्ताले गुनासो गरेपछि प्रहरी कार्यालयमा वुझ्दा प्रहरीले पनि वितरण प्रक्रियाका बारेमा थाहा नभएको बताएको हो । फलेवासमा कुनै पनि ग्याँसको आधीकारिक डिलर छैन । किराना पसल चलाउने ओम भुसालले १५ वटा ग्याँस वितरण गरको प्रहरीले जानकारी दिएको छ ।

अरु ४५ वटा ग्याँस कस्ले वितरण गरे भन्ने बारेमा थाहा हुन सकेको छैन । केहि उपभोक्ताले समुन्द्र शर्मा र अर्जुन भुसालले पनि ग्याँस वितरण गरेको बताएका छन् । तर उनीहरुले कति ग्याँस वितरण गरेका हुन भन्ने बारेमा प्रहरीसंग रेकर्ड छैन । स्थानीय उपभोक्ताहरुले कार्यकर्ता रिझाउन व्यवसायीहरुले ग्याँस लुकाएको आरोप लगाएका छन् । त्यस्तै ग्याँस वितरण हुँदाको दिन राती १२ बजेसम्म स्थानीय यूवाहरुले नेकपा एमाले जिन्दावाद, ग्याँस वाडेको एमालेले भन्दै नारा लगाएका थिए ।

भारतीय नाकाबन्दि पछि फलेवासमा ग्याँसको हाहाकार भएपछि शक्ति कम्पनीको पोखरा डिलरले ६० वटा कोटा फलेवासका लागी पठाएको थियो । त्यहाँ व्यवसायीहरुले उपभोक्तालाई वितरण नगरि आफैँ ग्याँस लुकाएको भन्ने बारेमा स्थान्ीय प्रसासनले अनुगमन समेत गरेको छैन । ग्याँस वितरण पारदर्शी बनाउन स्थानीयले माग गरेका छन् । फलेवास नगर विकास समितिका अध्यक्ष हिरामणी सापकोटाले स्थानीय प्रहरीको रोहबरमा वितरण गर्नुपर्नेमा केहि एमाले निकट व्यवसायीले कार्यकर्ता खुशी पार्ने हिसावले ग्याँस वाँडेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई