२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पुस्तक दिवसलाई पुस्तक बाँडेर मनाईयो

२०७३, ५ बैशाख आईतवार ०८:५८

13043622_813231485487978_7213119411206259259_nराष्ट्रिय पुस्तक दिवसको अवसरमा जिल्ला सदरमुकाम कुश्माका विद्यार्थीलाई पुस्तक वितरण गरिएको छ । सदरमुकाममा रहेका सामुदायिक तथा नीजि विद्यालयमा पुगेर जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुले विद्यार्थीहरुलाई पुस्तक वितरण गरेका हुन् ।

पुस्तक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षासेवी, पत्रकारहरु समेतको सहभागीता थियो । पुस्तक दिवस मनाउने क्रममा पुस्तक वितरण कार्यक्रमको आयोजना विद्यालयहरुले आफ्नै परिसरमा गरेका थिए । सदरमुकामका सामुदायिक विद्यालयहरु नारायण उमावि र श्री शिवालय नमूना उमावि साथै नीजि विद्यालयमा समेत पुस्तक वितरण कार्यक्रमको आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयका कर्मचारी झलक शर्माले बताए ।

शिवालय उमाविमा करीव ५०० जना विद्यार्थीलाई पुस्तक वितरण गरिनेछ । शिवालय उमाविमा आयोजना गरिएको पुस्तक वितरण कार्यक्रममा बोल्दै जिशिअ रमेशराज पौडेलले जिल्लामा पुस्तकको कुनै अभाव नभएको दावी गरे । जिशिअ पौडेलले जिल्लामा विद्यालय पठनपाठनबाट छुटेका बालबालिकाको संख्या एकदमै न्यून रहेको बताउदै करीव ८०० जना विद्यार्थी विद्यालय भर्नाबाट बञ्चित रहेको उल्लेख गरे ।

सोही उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम उपाध्यायले पुस्तक वितरण मात्र नगरी सम्वन्धित निकायले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा चासो राख्नुपर्ने भनाई राखे । जिल्लामा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीको संख्या करीव ३५ हजार रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा