2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

वैशाख ६, बनेपा । काभ्रेपालञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ पात्लेगाउँस्थित बिपी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस र मोटरसाइकलबीच आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काभ्रेपलाञ्चोकको भकुण्डेबाट काभ्रेभञ्ज्याङतर्फ आउँदै गरेको बा८६प ३५२६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको बा३ख ९४५३ नंको यात्रुबाहक बसलाई ओभरटेक(उछिन्ने) क्रममा आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार उदयपुरको कटारी बस्ने अन्दाजी वर्ष १५ की लक्ष्मी मगरको मृत्यु भएको हो । उहाँको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३ चुनीखेल बस्ने वर्ष ३५ को सुनिल श्रेष्ठ घाइते भएको र उहाँको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई