२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको चार जिल्लामा सबस्टेशननिर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या

८ बैशाख २०७६, आईतवार ०८:४१

वैशाख ८, जाजरकोट । वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण  लाइनको सबस्टेशननिर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा   दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन । त्यस्तै कोहलपुरदेखि  जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्तिमा पनि समस्या आउने गरेको छ । सो प्रसारण लाइनको सबस्टेशन६० किलोमिटरको दूरीमा राखिनुपर्नेमा कोहलपुरदेखि जाजरकोटसम्म १५० किलोमिटरभन्दा लामो दूरीमा राखिएकाले विद्युत् सेवा अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताउनुभयो  ।

 सोही कारण सुर्खेत, दैलेख र रुकुम पश्चिम क्षेत्रमासमेत विद्युत प्रवाहमा बाधा हुँदै आएको छ । कर्णाली प्रदेशमा १३२ केभी प्रसारणलाइनको सबस्टेशननहँुदा जाजरकोट र सुर्खेतका बासिन्दाले विद्युत्  उपभोग गर्न नपाएका उहाँको भनाइ थियो । सवस्टेशनको दूरी घटाउन र  नियमित विद्युत् आपूर्ति गर्न कर्णाली प्रदेशमा पनि सबस्टेशननिर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै  प्रमुख खड्काले भन्नुभयो, “३३ केभी प्रसारण  लाइनका लागि एक सबस्टेशनबाट अर्को सव स्टेशनसम्मको दूरी ६० किलोमिटर हुनुपर्ने हो तर कोहलपुरमा रहेको १३२ केभी सवस्टेशनबाट जाजरकोटको कुदुमा रहेको ३३ केभी प्रसारण  लाइनको सवस्टेशनसम्मको दूरी १५० किलोमिटर छ,” । 

त्यस्तै एक सवस्टेशनबाट अर्को सवस्टेशनबीचको दूरीमा ट्रान्सफर्मर नराख्नुपर्नेमा कोहलपुरदेखि कुदुसम्म पाँचदर्जन ट्रान्सफर्मर निर्माण गरिएका छन् भने ३३ केभीबाट सिधै ग्राहकलाई विद्युत उपलब्ध गराउँदा ग्रामीण क्षेत्रको एलौटी लाइनमा सामान्य समस्याले पनि समग्र विद्युत सेवा नै प्रभावित हुनाका साथै  जाजरकोटमा पनि एकै दिनमा  धेरै पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । केन्द्रीय विद्युत्लाइन नियमित नहँुदा भेरी नगरपालिकालगायत जिल्लाका तीन हजार बासिन्दा समस्यमा पर्ने गरेका छन् । 

तेत्तीस केभी प्रसारण लाइनको सबस्टेशनभेरी नगरपालिका १३स्थित  कुदुमा  निर्माण गरिएको छ । तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त सबस्टेशनगत महीनादेखि सञ्चालनमा आएको हो । 

त्यस्तै नलगाड नगरपालिकाको वडा नं १२मा र छेडागाड नगरपालिकाको वडा नं ५मा पनि सबस्टेशननिर्माण गर्न लागिएको र  चालु आर्थिक वर्षभित्र यस जिल्लाका सातवटै स्थानीय तहको केन्द्रसम्म केन्द्रीय प्रसारण लाइन पु¥याउने योजनाका साथ काम  भइरहेको प्रमुख खड्काले जानकारी दिनुभयो ।

यसवर्ष भेरी नगरपालिकाको पूरै वडा, कुशे गाउँपालिका–५ र छेडागाड नगरपालिका– १२ तथा १३ मा बिजुली बाल्ने योजना रहेको उहाँले बताउनुभयो । एकसय बत्तीस केभी प्रसारण  लाइनको सबस्टेशनसुर्खेतको सुब्बाकुनामा निर्माण हुने भनिएको भए पनि अझै गति लिनसकेको छैन् ।  सबस्टेशननिर्माणका लागि अहिले जग्गा मात्र लिइएको बताइएको छ । न्यू बुटबल कोहलपुर सुर्खेत, माथिल्लो कर्णाली ४०० केभी प्रसारण  लाइन आयोजनाका प्रमुख अविशेक अधिकारीका अनुसार इटालीको परामर्शदाता कम्पनीको प्रतिवेदन आएपछि १३२ केभी प्रसारण  लाइनको काम अगाडि बढ्ने छ । वातारणीय प्रभाव मूल्याङ्नको काम अहिले भइरहेकाले यो टुङगो नलागेसम्म अन्य काम अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो । कोहलपुरबाट ३३ केभी प्रसारण  लाइनबाटै बर्दीया, सुर्खेत, दैलेख, रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा विद्युत् आपूर्ति हुँदै आएको छ । विद्युत् प्रसारणका लागि जोडिएका पोल होचा भएका कारण सामान्य समस्य आउने बितिकै पटक÷पटक विद्युत अवरुद्ध हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य