Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको निधन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;<b>वैशाख ८, गौशाला । </b>महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आज बिहान निधन भएको छ । पाँच/छ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकामा ४५ वर्षीय चौधरीको आज उपचारका क्रममा काठमाडौँंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताउनुभयो ।</p><p>राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताउनुभयो । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराउनुभएको थियो ।&nbsp; पाँच÷छ दिनअघि पुनःएक्कासि बिरामी भएपछि उहाँलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।&nbsp; &nbsp;चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ । रासस</p><p><br></p>