Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विप्वल समूहका झापा जिल्ला इञ्चार्ज पक्राउ

By kit 2 मिनेट पढाइ

<p>वैशाख १०, झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका झापा जिल्ला इञ्चार्जसहित २ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।</p><p>प्रहरीले जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई बिर्तामोड नगरपालिका–१ को आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।</p><p>पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय, अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।</p><p>यो सँगै झापामा विप्लव समूहका ६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । यसअघि इलाम जिल्ला सेक्रेटरी दीपेन राई र होम खतिवडालाई समेत प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको थियो ।</p>