२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा पुनः शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु, दर्जन बढी बेपत्ता

२०७६, १० बैशाख मंगलवार ०८:१०

बैशाख १०, मनिला ।  मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

यसैबीच, सोमबारको भूकम्पबाट ज्यान गुमाउनेकाे संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको त्यस भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ ।

राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन् । त्यस शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन् । भूकम्पको परकम्प ४०० पटकभन्दा बढी अनुभव गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्भेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब चार करोड ९० लाख मानिस प्रभावित भएका छन् । 

राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५.७ म्याग्निच्यूडको भूकम्पका कारण भवनहरु भत्किएको स्थानीय अधिकारीले बताएका छन् ।

शहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताउनुभएको छ ।

साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ