२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कविता – उमृन त उमृन्छ, तिमीले नरोपे पनि

२०७६, १० बैशाख मंगलवार ०८:५६

उमृन त उमृन्छ 

तिमीले न रोपेपनि 

तिमीले रोपेपछि पनि उमृन त उमृन्छ 

रोपेर मात्रै छाडिदियौ भने पनि 

तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ 

फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन ।


तिमीले रोपेका हुर्कनुलाई 

न रोपेरै उमृनेहरूलाई उखेल जरैदेखि 

फेरि पनि उमृन्छ अरू त्यस्तैत्यस्तै गरी

फेरि उखेल तिमी पनि त्यस्तै त्यस्तै गरी 

उखेली बस अझै उखेली बस अन्तसम्म 

अन्तत तिमी दशैं मानेरै छाड्ने छौ । 


तिमीले रोपेका जीवनहरू 

हेर त कसरी तिमीसङ्ग्सङ्गै मुस्कुराईरहेछ 

तर जीवन मार्न उमृएका मृत्युहरू 

ऊ हेर त कसरी निरास छन् 

तर तिमी मुस्कुराई रहेका छौ ।


फुल्न त काँडाहरू पनि फुलेकै त हुन्छन् 

हेर त तिम्रो हत्केलामा जीवनका फूलहरू फुल्न 

त्यही काँडाहरू उखेलर फाल्नु परिरहेछ 

मृत्यु जीवन भन्दा पहिले पनि थियो 

र जीवन पछि पनि छ मृत्यु नै मृत्यु वरिपरि 

त्यसैले त तिमी उखेल्न काम गरिबस 

मृत्यु स्वत आफै हार खानेछ । 


केवल फुल्ने छ 

जीवनका फूलहरू उद्यानै भरिएर 

उमृन त उमृन्छ तिमीले न रोपेपनि 

उमृन त उमृन्छ तिमीले रोपेपनि 

किनकि, समृद्धिको बाटोहरू खनिरहँदा 

थुप्रैथुप्रै काँडाहरू पन्छाउनु पर्ने हुन्छ ।। 

राजबाबु श्रेष्ठ 'सागर' 

महोत्तरी, गौशाला न. पा. वडा न. १ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना