२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोन लिन आवेदन दिनेहरु वोर्डको सिफारिस लिएर बैंक जानुस्

१० बैशाख २०७६, मंगलवार १०:४३

वैशाख १०, काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बिदेशबाट फर्किएकाहरुले पाउने सहुलियत कर्जाका लागि बैंकहरुमा सम्पर्क गर्न आग्रह गरेका छन् । बैदेशिक रोजगार एप मार्फत प्राप्त भएका जिज्ञासाको जवाफ दिंदै श्रेष्ठले सहुलियत कर्जा वोर्डले नभई बैंकले दिने भएकोले बैंकमा नै सम्पर्क गर्न आग्रह गरेका हुन्  । 

विदेशबाट फर्किएकाहरुलाई लक्षित गरि वोर्डले गत पुसमा सहुलियत कर्जाका लागि आवेदन खुला गरेको थियो । सो अवधिमा कुल १८ हजार ७ सय ६७ युवाले आवेदन दिएका थिए । फर्म लिएपछि वोर्डले कुनै जानकारी नदिएको भन्दै तिनै आवेदन दिने युवाहरुले आफूले बुझाएको आवेदन के भयो, ऋण कहिले पाइएला ? भनेर बैदेशिक एप मार्फत जिज्ञासा टिपाएका छन् । तर आवेदन फर्म भर्ने बेलामा नै लोन वोर्डले नभई बैंकले लोन दिने भनेर उल्लेख गरिएको थियो । त्यस विषयमा आवेदकहरु नै जानकार नहुँदा अहिलेको अवस्था आएको निर्देशक श्रेष्ठ बताउँछन् । 

बोर्डले कसैलाई निरास बनाएर पठाएको छैन श्रेष्ठले भने "वोर्डमा सिफारिस लिन आउनेहरुलाई  उनीहरुको नाम, पासपोर्ट नम्बर सूचीकरण लिष्ट अनुसार प्रमाणीकरण गरेर पठाएका छौं, उनीहरु आँफै बैंकमा गएर कुरा गर्ने हो।"  वोर्डमा आवेदन दिएकै भरमा लोन नपाउने श्रेष्ठले बताए । उनले भने "बैंकलाई चित बुझाउने काम उनीहरुकै हो, लिने उनीहरु दिने बैंक, दुई पक्षविच सहमति भएर नै लोन दिने त हो ।"   

राष्ट्र बैंकले  शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, व्यवसायिक कृषि क्षेत्रमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ यथाशीघ्र लागू गराउन बैंक तथा वित्तीय संस्थालाई गत पुसमा नै निर्देशन दिएको थियो। सोहि अनुरुप केहि 'क' वर्गका बैंकले लोन सेवा दिन थालिसकेका जनाएका छन् । प्रभु बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक लगाएतले सहुलियत कर्जा सेवा दिइरहेको सझासबाललाई जानकारी दिएका छन् । तसर्थ लोन लिनका लागि बैदेशिक रोजगार वोर्डमा सूचीकरण भएको सिफारिस पत्र लिएर जुन कुनै क वर्गका बैंकमा गएर निवेदन दिन सकिन्छ । 

वाणिज्य बैंकहरुले उनीहरुको व्यवसायको योजना हेरेर बढिमा १० लाख रुपैयाँसम्म ऋण दिनेछन्। वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरुलाई सरकारले सहुलियत दरमा कर्जा दिन चालु आर्थिक वर्षको बजेटमार्फत सार्वजनिक गरेको थियो। कर्जाका लागि आवेदन दिनेहरु कुनै पनि देशमा रोजगारी गरेको कम्तिमा ६ महिना र वैदेशिक रोजगारीबाट फर्किएको तीन वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जा विदेशको आवासीय अनुमति पत्र लिएकाहरुले भने पाउने छैनन् ।

लोन लिन डकुमेन्ट के के चाहिन्छ ?

  • पासपोर्टमा भिषा लागेको प्रमाणित प्रतिलिपि 
  • आंफुले विदेशमा काम गरेको अनुभव खुल्ने कागजात 
  • बिदेशमा गरेको काम नेपालमा नै गर्न लागेको बारे खुल्ने परियोजनाको विवरण 
  • लोन आवेदन फर्म बैंकमा भर्ने  
  • व्यक्तिगत प्यान नम्बर (स्थायी लेखा नम्बर) वा कम्पनी दर्ता भए कम्पनीका अध्यावधिक भएका विवरण 
  • बैदेशिक रोजगार वोर्डमा सूचीकरण भएको सिफारिस पत्र 
  • सहुलियत कर्जा हो भन्ने खुल्ने निवेदन बैंकमा नै गएर भर्ने 
  • अन्य थप  जानकारी सम्बन्धित बैंकबाट बुझ्न सकिन्छ 

यो पनि पढ्नुहोस् 

प्रभु बैंकको कर्जा योजना : विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म विनाधितो ऋण पाउने


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य