२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

यस्तो विद्यालय: जहाँ भ्रमण गर्न समय लिनुपर्छ

२०७६, १० बैशाख मंगलवार ११:२५

चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | बन्द पश्चात २०६२ सालदेखी शुभद्रा–मदन फाउण्डेसनले सरकारी प्रक्रिया पूरा गरी पुनः सञ्चालनमा ल्याएको जन जागृती आधारभूत  विद्यालयमा अहिले भ्रमण गर्नेको संख्या बढ्न थालेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा अवस्थित  विद्यालयलाई फाउण्डेसनले हातमा लिएर पुनः स्थापनागरी संम्भवतः नेपालको हकमा पहिलो जीवनमुखी शिक्षाको केन्द्रविन्दु बनाएपछि दिनानु दिन भ्रमण गर्नेको संख्या बढ्न थालेको हो ।


पुस्तक भन्दा व्यावहारिक शिक्षामा जोड दिएको विद्धालयमा गाई, भैंसी, घोडा, बाख्रा, कुखुरा, परेवा, माछा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन÷खान, भाडाकुंडा माझ्न, गाडी, कम्प्युटर बनाउन÷चलाउन, कपडा सिलाउन, शाररिक व्यायाम गर्न, गीत÷संगीत सिक्न, वाध्यबादन बजाउन, नृत्य गर्न, कराते खेल्न, गमला सजाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्न, पाहुनाालाई स्वागत सत्कार गर्न लगायतका मानवीय जीवनमा अनिवार्य मानिएका विषयहरुको प्रत्यक्षरुपमा शिक्षा दिदैं आएको विद्धालयमा शैक्षिक भ्रमण, कृषि भ्रमण र औधोगीक भ्रमण गर्नेको चाप उल्लेखनीय रुपमा बढेको शुभद्र–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य बहादुर राईले बताए । त्यसमा पनि वैकल्पिक शिक्षाको खोजीमा जिल्लाभीत्र र वाहिरका विधार्थी, शिक्षक, विद्धालय व्यवस्थापन समिति पदाधिकारी सवैभन्दा वढी शैक्षिक भ्रमणमा आउने गरेका छन् । उनीहरु विधार्थीले पालेको चौपाया, पशुपंक्षी देखी कृषि खेतीसम्म हेरेर फर्कने गरेका छन् ।

वैकल्पिक शिक्षा, जीवन उपयोगी शिक्षा कसरी संम्भव छ भनेर जिल्लाभीत्र, बाहिरकाहरु गाडी रिर्जभ गरेर त्यहाँ आउने गरेका छन् । विधार्थी वाहेक ५० जना पाहुना अटाउन सक्ने क्षमता भएको विद्धालयमा पछिल्लो समय भ्रमणमा आउनेले सूचना नगरी आईदिंदा व्यवस्थापन गर्न असहज भएको प्रवन्ध निर्देशक राईले बताए । वैकल्पिक शिक्षाको खोजीमा यति धेरैको संख्यामा विद्धालय भ्रमण, अवलोकनमा आउनु गौरवको विषय हो । 

तर  यो हलेसी, भुलभुले, रुपाकोटजस्तो हैन । आयो भ्रमण गर्यो, गयो । बिहानदेखी बेलुकासम्मको भ्रमणपछि समिक्षा, छलफल गर्न आवश्यक छ । अनि मात्रै यहाँको विस्तृत कुरा थाहा हुन्छ । उनले भने, ‘समय, बाँस र खानाको व्यवस्थापन गर्न हामीलाई पनि सहज हुनुपर्छ । त्यसैले भ्रमणमा आउनेलाई हामीले रुटिङ अनुसार आउन सल्लाहा दिने गरेका छौ । कतीपय टोली अहिले पनि होल्डमा हुनुहुन्छ ।’   

नेपालको पुर्व मेचीदेखी पश्चिम महकालीसम्म ५० जिल्लाका विधार्थी अध्ययन गर्ने विद्धालयमा कक्षा ७ सम्म शैद्धान्तिक र प्रयोगात्मक एकैसाथ जीवनमुखी शिक्षा प्रदान गर्दै आएकाले भ्रमण गर्नेको संख्या दैनिक बृद्धि हुने गरेको छ । आफूले स्थापना गरेको विद्धालय जीवन सिकाउने थलो भएकाले कुनै पनि व्यक्ति सवै कुरामा बोल्ने जान्ने, लेख्न जान्ने, काम गर्न जान्ने, आफू सिपालु र ज्ञानी भएर बाँच्न सकोस भन्ने उद्देश्यले विद्धालय स्थापना गरिएको र यहि गरिरहेको फाउण्डेसनका अध्यक्ष मदन राईले बताए ।

शिक्षा रुपान्तरणका लागि निरन्तर क्रियाशिल उक्त विद्धालय पर्यटकीय गन्तब्य स्थलको रुपमा समेत स्थापित हुंदै गएको छ । सार्वजनिक विदा तथा शनिवार अधिकांश मानिस विद्धालय भ्रमण गर्दै सेल्फि खिच्न पुग्ने गरेका छन् । बैकल्पिक शिक्षा र जीवन उपयोगी शिक्षा दिनका लागि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामघाटमा अवस्थित दुधकोशी आधारभुत विद्धालयमा यहि मोडेलको विद्धालय चाडै स्थापना गरिने तयारी भएको छ । यस्तै, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङमा पनि यहि मोडेलका विद्धालय विस्तार गर्ने सल्लाहा भइरहेको फाउण्डेसनले जनाएको छ । १२ सय रोपनी क्षेत्रफलमा उक्त फाउण्डेसनद्धारा हाल प्रयोगात्मक र सैद्धान्तिक शिक्षा दिइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा