२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गर्यो

११ बैशाख २०७६, बुधबार ०२:१६

वैशाख ११, भक्तपुर (रासस) | सूर्यविनायक नगरपालिकाले विकास अनुगमन शुरु गरेको छ । नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा मङ्गलबार भएको अनुगमनका क्रममा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अवस्थाबारे अनुगमन गरेको थियो । 

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा, इञ्जिनीयर जनक न्यौपाने, नगरपालिकाका प्राविधिक एवं कर्मचारी र सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको हो । 

नगरपालिकाले वडा नं ४ मा दधिकोटमा नगरस्तरीय रु ९७ लाखको लागतमा निर्माण भइरहेको हर्षचोक–तर्खगाल सडकको ग्याभिङ पर्खालसहितको सिमाङ्कन कार्यको अनुगमन गरेको छ । यो सडकमा भएको काममा ठेकेदार कम्पनीको लापरवाही पाइएको र निर्माण सामग्री गुणस्तरको नभएको पाइएको समितिका अध्यक्ष सापकोटाले बताउनुभयो ।

त्यस्तै रु ३० लाखको वडास्तरीय बजेटबाट सोही सडक खण्डको दोस्रो चरणमा भइरहेको ग्याभिङ पर्खालसहितको सिमाङ्कन कार्यको समेत अनुगमन गरेको छ ।

 प्रदेश सरकारको रु ५० लाखको बजेटमा निर्माण भइरहेको गाम्चा–तर्खगाल सडक र अर्को रु ५० लाखको लागतमा दधिकोट–गाम्चा सडकको अनुगमन गरेको र सुपरभाइजरको लापरवाही तथा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । त्यस्तै दधिकोटमै प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद कोषको रु २५ लाख र नगरपालिकाको रु १२ लाख ५० हजारसहित रु ३७ लाख ५० हजारको लागतमा निर्माण भइरहेको राधाकृष्ण कुलो निर्माण एवं सेतोपाटी सडक ग्राबेलको अनुगमन गरेको छ । 

त्यस्तै सोही वडामा नगरस्तरीय बजेटअन्तर्गत रु ९७ लाखको लागतमा निर्माण भइरहेको घुम्ती–किवाचो सडकको ६ मिटर कालोपत्र एवं सडक चौडाइ गर्ने कार्यको अनुगमन गरेको छ ।

सोही ठाउँमा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्काएको किवाचो खानेपानी आयोजनाको ट्याङ्की निर्माणकार्यको अनुगमन गरेको छ । राष्ट्रिय भूकम्प प्राधिकरणको रु १० लाख, नगरपालिकाको रु १० लाख र स्थानीय उपभोक्ताको रु चार लाख गरी कूल रु २४ लाखको लागतमा निर्माण भइरहेको एक लाख लिटर पानी अट्ने क्षमताको ट्याङ्कीको अनुगमन गरेको छ । गुण्डुमै निर्माण भइरहेको फुटसलको समेत अनुगमन गरेको छ । 

नगरपालिकाले वडा नं ४ दधिकोटमा खुला क्षेत्रमा निर्धारण गरेको घर एवं भवनको अनुगमन गरेको छ । वडा कार्यालयले र नक्सापास गर्ने इञ्जिनीयरको मिलेमतोमा निषेधित क्षेत्रमा घर निर्माण भइरहेको समितिका सदस्य अर्जुन खतिवडाले जानकारी दिनुभयो । अनुगमनमा नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले विकास निर्माणका क्रममा लापरवाही गर्ने ठेकेदार र नगरपालिकाले खटाएको सुपरभाइजरलाई तत्काल फोटोसहितको प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । उहाँले मापदण्ड नपुगेका निर्माण व्यवसायीको भुक्तानी रोक्का गर्ने र निरीक्षणमा खटिएका साइड इञ्चार्जलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य