2026-09-19 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरीले वालविवाह हुनबाट जोगायो खुर्कोटकुमारीलाई

bal-biha पर्वत, संविधानले बालविवाहलाई अपराधका रुपमा मानेको छ । तर पनि अझै बालविवाहको उन्मुलन हुन सकेको छैन । प्राय जसो तराई र सुदुरपश्चिमका जिल्लाहरुमा हुने बालविवाहले बालिकाको जिन्दगीलाई नर्ग त बनाउँछनै उसको अधिकारको समेत हनन हुने गर्छ ।  पर्वतमा पनि बुधवार यस्तै एक घटना घट्यो ।  आफ्नो मामाघर खुर्कोटमा बस्दै आएकी एक १४ बर्षिय बालिकाको २२ बर्षको केटासँग विवाह हुने तय भयो ।

धाईरिङ गाविस १ की १४ वर्षकी खुर्कोट कुृमारी (नाम परिर्वतन) बालिकालाई २२ वर्षिय युवकसंग विवाह गरिदिने प्रपन्च मिलाई पोखरा लैजादै गरेको सुचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएर बालविवाह हुन बाट जोगाएको छ ।

कुस्मा नगरपालिका ४ खुर्कोटमा माईजू जमुना पौडेलको घरमा विगत दुई वर्ष देखी बस्दै आएकी खुर्कोट कुमारी (नाम परिवर्तित)लाई निजकी माईजू र सोहि ठाउँकै देवका शर्माले ललाई फकाई कास्की जिल्ला ढिकुर पोखरी( ५ का विकास पौडेलसंग विवाह गरिदिने भनि पोखरा लैजान तयारीमा कुस्मावजार दुर्लुङ चोकमा बसेको सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले बालिका सहित अन्य ४ जनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले बालिकालाई कानुनी एवम मनोवैज्ञानिक परामर्श दिई वालविवाह जस्तो सामाजिक अपराध हुन वाट वचाई अभिभावकको जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ