2026-09-19 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्षेत्री समाजको भवन उद्घाटन

पर्वत  । क्षेत्री समाज नेपाल पर्वतको नव निर्मित भवनको पूर्वराज्यमन्त्री डम्बरबाबु मल्लले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । नेपालको पाँचौ  साधरणसभा तथा तेस्रो अधिवेशनको अबसरपारि नव निर्मित १० कोठे भवनको उद्घाटनको मल्ले गरेका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै मल्ले देशको विकासको लागि संविधानको कार्यान्वयन गराउनको लागि सवैले हातेमालो गर्नुपर्ने बताए ।

सवै जातजाती भाषाधर्म तथा सम्प्रदायका मानिसहरुको बसोबास रहेको नेपाल सयौं ढुंगा फुल सरी  रहेका कारण सम्प्रदायीक तथा जातिय द्वन्द्व निम्तने किसिमको कार्य गर्न नहुने तर एकता र आफ्नो पहिचानको लागि भने आवाज उठाउनुपर्ने बताए ।     क्षेत्री समाजले आफ्नो पहिचानको लागि गरेका माग र समाजले गरेको कार्यप्रति आफु पनि सहमत भएको तर बर्तमान अबस्थामा अधिकार र जातिय पहिचानको भन्दा पनि संविधान कार्यन्वयन गरी देशको स्वाधिनतालाई बचाउनको लागि सारा नेपाली एक जुट हुनुपर्नेमा जोड दिए ।

नेपाल नरहे नेपाली नरहने भन्दै क्षेत्री समाज जस्ता अनेक जाति र धर्मका मानिसहरुले पनि आफ्नो पहिचान मागेको तर यतिबेला पहिचान भन्दा पनि आफ्नो स्वाधिनताको रक्षाको लागि सवै नेपाली एक भएर हातेमालो गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सांसद अर्जुनप्रसाद जोशी र एमालेकी सांसद कल्पना चापागाईले समाजले आफ्नो जाति र पहिचानको रक्षाको लागि गरेको कार्य प्रशंसा योग्य रहेको बताए । आफ्ना जातिको सेवाको लागि जिल्लामा सुविधा सम्पन्न अस्पतालको निर्माणको लागि समाजले लिएको लक्ष्य सकरात्मक भएको बताए ।

२०६८ सालमा फागुन  ११ देखि १८ गतेसम्म संचालित विश्व शान्ति श्रीमद् भागवत      विराट महायज्ञमा संकलन भएको कुल रकम मध्ये ५७ लाखको जग्गा र ४७ लाखमा भवन गरी एक  करोड चार लाखमा उक्त भवनको निर्माण भएको थियो । समाजले जिल्लामा ५ लाखको छात्रवृत्ति कोषको समेत स्थापना गरेको र विगतका बर्षमा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएता पवपन यो बर्ष भने १० जनालाई छात्रवृत्ति प्रदान गरीने र आगामी दिनमा जिल्लामा सुविधा सम्पन्न हस्पीटलको निर्माण गर्ने योजना समेत रहेको समाजका अध्यक्ष नरबहादुर कार्कीले बताए ।
महायज्ञमा १ करोड ४३ लाख संकलन भएको र १५ लाख महायज्ञमा नै खर्च भएको आयोजकले जनाएको छ । समाजका अध्यक्ष नरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव    सरस्वती भण्डारीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ