2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

नर्सहरु आन्दोलनमा, मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

वैशाख १३, भादगाउँ (रासस)  । नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

 सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा गे्रडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्नेजस्ता छ बुँदे माग राखी केही दिनयता कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधबार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेपछि केन्द्रको सेवा प्रभावित भएको हो । केन्द्रका नर्सले आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् ।

प्रशासनसमक्ष पटक–पटक गे्रडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ सङ्घ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहे पनि कुनै सुनुवाइ नभएपछि सेवा बहिष्कारको आन्दोलन शुरु गरेका हौँ । हाम्रा मागलाई हुन्छहुन्छ भनियो तर, सात÷आठ महीनासम्म झुलाउने मात्र काम भयो । त्यसैले हामीले आन्दोलनको विकल्प देखेनौँ र यो कदम चाल्नुपर्यो ।”

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभयो । उहाँले पटक–पटकको प्रयासबाट हालै केन्द्रको दरबन्दी स्वीकृत भएर आएको जानकारी दिँदै स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने काम भइसकेको र अब एक÷दुई दिनमा विज्ञापन खुल्ने हुँदा आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विभिन्न प्रयासबाट अस्पतालका नर्सको स्थायी प्रक्रिया पूरा गर्दैछौँ, जसका लागि केही दिनमा लोकसेवाबाट प्रक्रिया अगाडि बढ्छ होला, यस्तो बेला आन्दोलन गर्नुपर्ने कुनै कारण छैन ।” यस्तै निर्देशक डा श्रेष्ठले अस्पतालको तर्फबाट आफ्ना कर्मचारीलाई दिने अन्य सेवासुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको समेत बताउनुभयो ।

आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ । हाल अस्पतालमा दैनिक १०० भन्दा बढीको मिर्गौला डायलासिस तथा  हप्ताको सात मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । उहाँले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुःखद् रहेको बताउनुभयो ।

नर्सिङ कर्मचारीले सेवा छाडेर आन्दोलन गरे पनि आइसियू, आकष्मिक, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा श्रेष्ठले बताउनुभयो । करीब छ वर्षअघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको केन्द्रमा हाल ९६ नर्स कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई