पर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले राष्ट्रिय एकताको लागि खेलकुद अपरिहार्य भएको बताएका छन् । राष्ट्र र राष्ट्रियताका लागि नागरिकलाई एउटै चन्द्रसुर्र्य झण्डामुनी ल्याउने माध्यम भनेको खेलकुद भएका कारण यसमा राजनीतिकरण गर्न नहुने प्रजिअ ढकालले बताए । सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै ढकालले यस्तो बताएका हुन् ।
विश्वमा नेपाली र नेपाललाई चिनाउनको लागि खेलकुदनै सहि र उचित माध्यम बनेको र हालसालै नेपालले अन्तराष्ट्रिय समुदायमा जितेको पदक र त्यसले देशको बढाएको गौरवका साथै सवै नागरिकमा भएको एकताका कारण पनि खेलकुद एउटा एकताको माध्यम भएको ढकालले बताए । खेलकुदबाट शारिरिक, मानसिक र बौद्धिकरुपमा एक्बद्ध हुने भएका कारण पनि खेल राष्ट्रिय एकताको लागि भएको उनको बुझाई छ । कार्यक्रमा बोल्ने अन्य बक्ताहरुले पनि खेलकुद र खेलाडी देशका गहना भएता पनि जिल्लामा खेलमैदानको अभावनका कारण खेलाडी उत्पादन हुन नसकेको प्रति द्ुख प्रकट गरे ।
राष्ट्रिय स्तरबाटै खेल क्षेत्रमा पनि राजनीतिकरण भएको र जिल्लामा पनि त्यसले प्रभाव पारेका कारण कुशल र योग्य खेलाडी उत्पादनमा जिल्ला पछि परेको प्रति बक्ताहरुले चिन्ता व्यक्त गरे । जिल्लामा दक्ष कुशल खेलाडी उत्पादनको लागि भन्दा पनि कपको लागि बढी महोत्व दिइएको प्रति पनि वक्ताहरु दुखि थिए । जिल्लामा सरकारी तथा आवशीय विद्यालयको संख्या बढी भएता पनि खेलकुदमा भएका सहभागीभने न्यून देखिएको छ ।
जिल्ला स्तरीय खेलकुदमा विद्यालयको न्यून सहभागीता र सदरमुकाम र त्यसका आसपासका मात्रै खेलाडी सहभागी हुनाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता प्रभावकारी हुन नसकेको बक्ताको गुनासो छ । जिल्लामा रहेका सरकारी तथा र्गैरसरकारी विद्यालयको सहभागीतामा हुने रनिङशिल्ड प्रतियोगितामा जिल्ला शिक्षा कार्यालयले भने आफ्नो सहभागीता देखाएन ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन शत्रमामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले बोलेका थिए । भने कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव युवराज पराजुलीले गरेका थिए । यहि बैशाख ११ देख १४ गतेसम्म क्षेत्र नं १ अन्तरगतका खेलहरु संचालन हुदैछन् भने क्षेत्र नं २ का खेलहरु सम्पन्न भैसकेका छन् । छनोट खेल सकिए लगत्तै बैशाख १४ देखि १६ गते सम्म जिल्ला स्तरीय प्रतिशपर्दा हुनेछ ।