३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकार अब आफ्नै कारणले ढल्छ- कोइराला

१२ बैशाख २०७३, आईतवार १३:५२

shekhar_koiralaपर्वत, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एमाले नेतृत्वको सरकार अब आफै ढल्ने बताएका छन् । सरकार आफ्नै कारणले अब चाडैनै ढल्ने बताउँदै कोइरालाले त्यसपछिको सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताए । आइतबार कुश्मामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेकाले प्रतिपक्षको भूमीका खेल्न नसकेता पनि सरकार आफै ढल्ने उनले बताए । कालोबजारीयालाई पालेको सरकार कालोबजरीयाबाटै चलेको भन्दै अब सरकारको विकल्प नेकाले नभई जनताले खोज्ने समेत बताए । “सरकार कालोबजारीयाको आफै नाइके छ” अब छिट्टैनै ढल्छ उनले भने ।

संविधानको निर्माण पनि नेकाले ग¥यो अब त्यसको कार्यन्वयन गर्न पनि नेकानै सरकारमा जाने उनले बताए । नेपाली काँग्रेसको १३ औ महाधिवेशनका कारण नेकाले आफ्नो प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको बताउँदै कोइरालाले अबको दिनमा नेका सडकमा उत्रिने समेत बताए । सरकार ढलाउनको लागि आफ्नो पाटीले कुनै भूमिका निर्वाह नगर्ने तर आफ्नो पार्टीको सांगठनिक एकता मजबूज बनाउनको लागि पनि सडकमा उत्रिने भन्दै त्यसको लागि तयारी अबस्थामा बस्नको लागि समेत कार्यकर्तालाई  निर्देशन दिए ।

नेकाका भाद्री संगठनको लामो समयदेखि निर्वाचन नभएका भन्दै अब भाद्री संगठनको निर्वाचनको लागि सवैलाग्नुपर्ने समेत बताए । १३ औं महाधिवेशनमा पार्टीको विधेयक सम्सोधन गर्ने तयारी गरीयतामा पनि दुई नेताविच भएको विवादका कारण त्यसो हुन नसकेको भन्दै कोइरालाले अब पार्टीको विधानलाई समेत परिमार्जन गर्दै लैजानुपर्ने बेला आएको बताए ।

प्रतिपक्षमा बस्ने पालो  एमालेको
कोइरालाले अब सरकारको प्रतिपक्षमा बस्ने पाले एमालेको आएको रहस्य खुलाएका छन् । सरकार आफ्नै गती र बोझका कारण चाँडैनै ढल्ने र त्यसलगत्र्तै नेका सरकारमा जाने र एमाले प्रतिपक्षमा बस्ने बताए तर उनले कहिले भन्ने कुरा भने खुलाउन सकेनन् । राजदूत नियुक्तिमा  भएको राजनीतिकरण प्रति नेकाले चाँसो नदेखाएको बताए । सरकारमा भएका पार्टीका मान्छे राजदूतमा नियु्क्ति गरे त्यसमा चित्त दुखाउनु पर्दैन उनले भोली हाम्रो सरकार बन्छ हामी एमालेका कुनै पनि निकायमा मान्छे राख्दैनौं ।

एमालले न्यापालीकामा समेत आफ्नो पार्टीको डम्फु बजाउने कोसिस गरेको समेत उनले आरोप लगाए । कार्यक्रममा नेका पर्वतमा सांसद अर्जुप्रसाद जोशी, सांसद रत्न शेरचन, पूर्व सांसद ऋषिकेश तिवारी, नवराज गुरुङ, नेका पर्वतका सभापति खिमप्रसाद भुषाल, पूर्वसभापति लालकाजी गुरुङ लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट