2026-09-19 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-पुर्ननिर्माणमा आलस्यता

भूकम्पले ठूलो परिणाममा जनधनको क्षति गरेको एक वर्ष पुग्यो तर पीडितको पीडा उस्तै छ । सरकारले दिने भनेको अनुदान रकम वितरण सुरु भए पनि अझै कतिपयले पाएका छैनन् । रकम अभावमा पीडितले घर बनाउन पाएका छैन ।

भने सरकारले भूकम्पले क्षती बनाएको एतिहासीक दरबार लगाएतका बस्तुको पुर्ननिर्माण गर्ने योजना कागजमा मात्रै सिमित भएको देखिन्छ । एक वर्ष बितिसक्दा पनि सरकारले पीडितलाई पालबाट अस्थायी बासस्थानसम्म पनि पु¥याउन नसक्नु सरकारी संवेदनहीनताको पराकाष्ठा पनि हो । पुर्ननिर्माण र राहत वितरण पनि राजनीतिक चलखेल भयो जून देशको लागि दुभाग्य हो ।

दलहरुको आआफ्नो स्वार्थ र भारतले लगाएको नाकाबन्दीका कारण पनि पुर्ननिर्माणको कार्य अगाडी बढ्न सकेन । भूकम्पपछिको ९ महिना राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विधेयकलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच जुन किसिमको विवाद देखियो, त्यो अलमलको पहिलो कारण हो । सुशील      कोइराला नेतृत्वको तत्कालीन सरकारले प्रमुख प्रतिपक्ष दल एमाओवादीको चर्को विरोध र सत्ता साझेदार दल एमालेको असन्तुष्टि हुँदाहुँदै असार ७ मा पुनर्निर्माण अध्यादेश जारी गरिदियो जसले दलीय विवादलाई अझै तीव्र बनाइदियो ।

परिणाम, अध्यादेशलाई व्यवस्थापिका संसद् बसेको ६० दिनभित्र संसद्बाट प्रतिस्थापन गराइसक्नुपर्ने संवैधानिक व्यवस्थाको कार्यन्वयन हुनै सकेन र प्राधिकरण नै खारेजीमा प¥यो । जसका कारण पनि भूकम्प पछिको पुर्ननिर्माणको कार्यमा सरकारले गम्भीर चाँसो नदेखाएको प्रष्ट देखिन्छ । प्राधिकरण खारेजीसँगै दलहरुविच प्राधिकरणको सीइओ कसलाई बनाउने बन्ने विषयमा पनि चर्को विवाद भयो जसका कारण पनि सरकार र दलहरुविच संवेदहिन भएको प्रष्ट भयो ।

नयाँ संयन्त्रप्रतिको अविश्वास, तीव्र गतिमा काम गर्नुपर्ने बाध्यता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको झमेलामा पर्न सकिने डरत्रासका कारण कर्मचारीका लागि प्राधिकरण आकर्षक निकाय बनेन । प्राधिकरण गठन भएको ४ महिना बितिसक्दा पनि करिब ४० प्रतिशत कर्मचारी नियुक्त गर्न बाँकी रहनुले पनि जनशक्ति व्यवस्थापनमा प्राधिकरण असफल भएको देखिन्छ । भूकम्पले क्षती तुल्याएको एक बर्ष पुरा हुदाँ पनि प्राधिकरणले पुर्ननिर्माणको कामलाई तिब्र रुपमा अगाडी बढाउन नसक्नु आफैमा दुभाग्य हो । भूकम्पबाट प्रभावित भएकालाई पुर्नबास र पुर्ननिर्माणको कार्यलाई राजनीतिक हस्तक्षेप विना अगाडी बढाउनको लागि सवै राजनीतिक दलहरु एक भएर अगाडी बढ्न सक्नुपर्छ ।

प्राधिकरणले पीडित र प्रभावितहरूको सूची प्रकाशित गर्दै वैशाखभित्रै अनुदान रकम वितरण गर्ने तदरुकता देखाउनैपर्छ । त्यसपछि पुनर्निर्माणको कामको अनुगमनदेखि विगतमा पारित गरिएका भवन निर्माण संहितालगायतका नीतिको कडाइसाथ पालना   गराउनुपर्छ । विगतका कमीकमजोरीबाट सिक्दै पुनर्निर्माणको कार्यलाई अब ‘फास्ट ट्रयाक’ बाट अघि बढाउनुको सक्नुपर्छ यो बाहेक अर्को कुनै विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो