2026-09-18 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने

वैशाख १५, विदुर । नुवाकोटको बट्टारस्थित खेलमैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घ नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकालाई पत्राचार गरिएको छ । देशभरिका १० टिमलाई सहभागी गराउने उद्देश्य रहेको एन्फा उपाध्यक्ष उद्वव पनेरुले बताउनुभयो ।

पनेरुका अनुसार वैशाख १८ गतेदेखि शुरु हुने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु तीन लाख, शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ । त्यसैगरी द्वितीय हुने टिमलाई रु एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता नकआउट आधारमा खेलाइने एन्फाका केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताउनुभयो ।

जिल्लामा खेलकूदको विकासमा अग्रसर बन्दै नगरपालिकाभित्रका प्रत्येक वडामा खेलकूद मैदान बनाउने लक्ष्यका साथ बजेट विनियोजन गरिने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई