2026-08-24 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सरकारी साधनको दुरुपयोगको पराकाष्टा : सिक्न समेत सरकारी सवारी

चिसाङ शेर्पा खोटाङ, बैशाख १५, खोटाङ । खोटाङमा सरकारी साधनको दुरुपयोग झन् बढ्दो पाइएको छ । सरकारी साधनमा मोटरसाईकल वढी दुरुपयोग हुंदै आएको छ । कर्मचारी तथा जनप्रतिनिधिले नै सवारी साधन दुरुपयोग गरिरहेको खबरहरु मिडियामा आउँदा खोटाङमा एक वटा सरकारी मोटरबाईक युवालाई त्यतिकै कुदाउन र वालकलाई सिक्नमा प्रयोग गरेको पाइएको छ ।

आईतबार साँaaझ ६ बजेदेखी ६ ः २० सम्म दिक्तेलस्थित कर्म मन्दिर अगाडी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको वडा कार्यालय अगाडी बा २ ब ३६२७ नम्बरको सरकारी मोटरसाईकल दुरुपयोग भएको हो । एक फोटो स्टुडियो व्यवसायीले मोटरसाईकल दुरुपयोग गरेका हुन् । बाईकलाई कुदाउदै त्यहाँ ल्याएर मन्दिर अगाडी वरपर गरिरहेको पाइएको थियो । त्यसै क्रममा मन्दिर प्राङगणमा खेलिरहेका वालकलाई बाईकमा राखेर उनले पछाडीबाट धकेल्दै बाईक सिकाएको पाइएको थियोे । सिकाउने क्रममा मोटरसाकईकल कोल्टो परेर झण्डै दुर्घटना समेत भएको थियो ।

मोटरसाईकल दुरुपयोग भएको गस्तीमा खटेका प्रहरीले समेत देखेका थिए । प्रहरीले सोध्दा स्टाट बन्द भएर ट्राई गरेको भन्ने जवाफ आएको थियो ।

दुरुपयोग भएको मोटरसाईकलको पहिचान गरेर एक पटक चेतावनी दिने र नभएमा मोटरसाईकल जफत गरी जिल्ला प्रशासन कार्यालयमा राखिने प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । सार्वजनिक विदामा सरकारी साधन दुरुपयोग भएको समाचारहरु विभिन्न सञ्चार माध्यममा यस अघि पनि पटक पटक आईसकेका छन् । तर दुरुपयोग गर्नेलाई कुनै कारवाही भएको छैन ।  सार्वजनिक विदामा सरकारी साधन चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने प्रावधान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन