पत्रकार छविलाल तिवारीको अध्यक्षतामा कालीगण्डकी नदी बचाऔ राष्ट्रिय अभियान नेपाल गठन गरिएको छ । अभियानको उपाध्यक्षमा प्रनिश गिरी, सचिवमा लक्ष्मण सापकोटा, सहसचिवमा सन्तोष गौतम र कोषाध्यक्षमा राजु पौडेल रहेका छन .
भने सदस्यहरुमा सन्तोष थापा, अगन्धर तिवारी, गणेश गिरी, माया अधिकारी, गोपाल छन्त्याल, दिल श्रीस, तिलक बिक र राजबाबु पिसी रहेका छन् । यसैगरी अभियानको भोलानाथ शर्माको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
अभियानले दामोदर कुण्डदेखि देबघाटसम्मको कालीगण्डकी नदीभित्र पाइने शालग्रामको चोरीनिकासी रोक्न पहल गर्ने, शालिग्रामको संरक्षण गर्ने, नदीमा फोहोर फ्याक्ने कामलाई निरुत्साहित गरी सचेतना फैलाउने, नदी सफाई कार्यक्रम सञ्चालन गर्ने, नदी दोहन हुनबाट रोकेर कालीगण्डकीको प्राकृतिक रुपको संरक्षण गर्ने, कालीगण्डकीमा सञ्चालन हुदै आएको ¥याफ्टिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन पहल गर्ने लगायतको काम गर्ने उद्देश्य लिएको छ ।