2026-09-19 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चर्चाको शिखर चुम्दै बाटो मुनिको फुल–२ (भिडियो सहित)

13046184_1132165926835931_548633323_nरमेश सेन्चुरी, पर्वत । जातिगत बिभेदलाई मुख्य बिषय बनाएर प्रस्तुत गरिएको फिल्म बाटो मुनिको फुल–२ हेर्न आउने दर्शकहरुको बाग्लुङ र म्यादीमा हलहरुमा ओईरो लागेको छ । गत शुक्रवार बाट रिलिज भएको बाटो मुनिको फुल–२ रिलिज भएकै दिनदेखी दर्शकको ओईरो लागेको हल सञ्चालकहरुको भनाई छ । देशभर ६५ हल पाएको यस फिल्मलको पहिलो शो हेर्न आएका दर्शकहरुले फिल्म अत्यन्तै राम्रो प्रतिकिया दिएका छन् ।

आफुले हल सञ्चालक गरेको १६ बर्ष भयो तर यसरी दर्शकहरुको ओईरो लागेको पहिलो पटक हो । देख्दा अत्यन्तै खुसी लागेको कालिका मन्दिर हलका सञ्चालक नविन खड्काले भने– म आज अत्यन्तै खुशी भएको छु । नेपाली फिल्म बास्ताविक समाजको यर्थात चित्रण गर्नसके फिल्म राम्रो चल्ने उनले दावी गरे ।

यता,नेपाली समाजमा विद्यमान जातीय विभेदलाई फिल्मको मुख्य विषय बनाइएको यश कुमारले जानकारी दिएका छन् । ‘‘बाटोमुनिको फूल’ को सफलतापछि त्यस्तै प्रवृत्तिको फिल्मको माग दर्शकहरूबाट आएकाले सिक्वेल निर्माण गरेका हौं,’ यशले भने, ‘जातीय छुवाछूतको चपेटामा परेका कथित दलित जातिको कथा फिल्मले बोल्छ । समग्र नेपाली समाजको यथार्थ चित्र फिल्ममा देखाउने प्रयत्न गरेका छौँ ।’

उनले फिल्मको ९० प्रतिशतभन्दा बढी छायांकन झा13059387_1132164870169370_854677217_nपामै गरिएको जानकारी दिँदै कतिपय नपत्याउँदा स्थानलाई समेत फिल्ममा खिचिएको जनाए । ‘२०४० साल र अहिलेको झापा दुवै कालखण्डलाई फिल्ममा समेटेका छौं,’ उनले भने, ‘फिल्ममा झापाकै कलाकारहरूको समेत उल्लेख भूमिका छ ।’

सिक्वेलको निर्देशन सुवर्ण थापाले गरेका हुन् । युवा वर्गलाई लक्ष्य गरी बनाइएको ‘बाटोमुनकिो फूल २’ बाट पैसा र समयको सदुपयोग हुने अर्का नायक बाबुले दाबी गरे । ‘यो फिल्म हेर्दा बेकारमा पैसा नाश भयो भन्ने दर्शकलाई लाग्नेछैन,’ उनले भने, ‘प्रेम, रोमान्सका साथै सस्पेन्स थ्रिलर छ फिल्ममा ।’

13051620_1131092236943300_8160405878946517363_n

उक्त फिल्ममा यश र बाबुका अलवा दिलीप रायमाझी पनि नायकको भूमिकामा देखिनेछन् । ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी नायिका छन् भने अर्पण थापा खलपात्र छन् । । भेट्रान अभिनेताहरू टीका पहाडी, गणेश उप्रेती तथा अभिनेत्री शुभद्रा अधिकारीको अभिनयले फिल्म दमदार बनेको यशले ठोकुवा गरे । राजधानी लगायत मोफशलका हलहरुमा शुक्रवार देखी आईतवारसम्म आउँदा चलचित्रले १ करोडको हारहारीमा व्यापार गर्न सफल रहेको चलचित्र निर्माण यूनिटिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो